चुनावी सुरक्षामा कुनै चुनौती नरहेको उच्चस्तरीय सुरक्षा समितिको निष्कर्ष « Khabarhub

चुनावी सुरक्षामा कुनै चुनौती नरहेको उच्चस्तरीय सुरक्षा समितिको निष्कर्ष


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ । 

निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत रहेको र कुनै चुनौती नदेखिएको निष्कर्ष निकालेको हो । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारे ब्रिफिङ गरेका थिए ।

बैठकमा निर्वाचनका लागि आउन सक्ने सुरक्षा चुनौती र त्यसलाई उचित समाधान गर्ने विषयमा छलफल भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए  । 

सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि शान्ति सुरक्षा मजबुत रहेको र राजनीतिक दलहरूले आफ्नो शान्तिपूर्ण रुपमा गतिविधि गर्नका लागि मतदाताले निर्भयपूर्वक आफ्नो मतदान गर्नका लागि अनुकूल वातावरण रहेको जानकारी गराएको प्रवक्ता भट्टराईले बताए । 

उनले केही स्थानमा भएका घटनामा स्थानीय प्रशासनको क्रियाशीलताले कुनै अप्रिय घटना हुन नपाएको र सबैतिरको माहौल निर्वाचनमय हुँदै गएको उल्लेख गरे । 

प्रवक्ता भट्टराईले मतदानका लागि सहज रुपमा घर जान र फर्कनका लागि आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको र यसबाट मतदानमा सक्रियतापूर्वक सहभागिता हुने विश्वास रहेको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ३ : १४ बजे

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार