कम्बोडियासँग सीमा पार गोली हानाहान : थाइ सेना « Khabarhub

कम्बोडियासँग सीमा पार गोली हानाहान : थाइ सेना


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– छिमेकीराष्ट्र कम्बोडियाले डिसेम्बरको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै मंगलबार कम्बोडियन सेनासँग सिमापार गोली हानाहान भएको थाइल्यान्डको सेनाले बताएको छ ।

थाई सेनाले विज्ञप्ति जारी गर्दै कम्बोडियन सेनाले मंगलबार  सीमावर्ती प्रान्त सिसाकेटको थाइ गस्ती नजिकै ‘एकल– ४०– एमएम ग्रेनेड राउन्ड फायर’ गरेको जनाएको छ । सेनाका अनुसार गोली हानाहानमा कुनै थाइ कर्मचारी घाइते भएका छैनन् ।

‘घटना पछि, थाइ सेनाले चेतावनीको रूपमा र आत्मरक्षाका लागि, एम–७९ (ग्रेनेड लन्चर) फायर गरेको जनाएको छ । 

सेनाका प्रवक्ता विन्थाई सुवारीले विज्ञप्ति मार्फत “कम्बोडियाको यस्तो कार्यहरूले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको जनाएका छन् । 

 प्रारम्भिक मूल्यांकनले घटना कम्बोडियन सेनाका नयाँ कर्मचारीहरूले नियम र कमान्ड नियन्त्रणसँग परिचित नभएको कारण परिचालनमा भएका कमजोरीहरू स्वरुप विस्पोट निम्त्याएको हुन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले उक्त घटनाको बारेमा एएफपीको प्रश्नको जवाफ दिन अस्वीकार गरेको एएफपीले जनाएको छ ।

दुइ छिमेकी देशहरूको शताब्दी पुरानो सीमा द्वन्द्व उनीहरूको सिमानाको फ्रान्सेली औपनिवेशिक युगको सीमांकनको विवादबाट उत्पन्न भएको जनाइएको छ ।

लामो समय देखि चलेको विवादले धेरै चरणको झडपमा परिणत भयो, जसमा सैनिक र नागरिकसहित दर्जनौँ मानिसहरूले ज्यान गुमाएका छन् भने दस लाख भन्दा बढी विस्थापित भएको जनाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ५ : २८ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा