युक्रेन युद्ध रूसका लागि तीनगुणा असफलता : राष्ट्रपति म्याक्रोन « Khabarhub

युक्रेन युद्ध रूसका लागि तीनगुणा असफलता : राष्ट्रपति म्याक्रोन


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन विरुद्धको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धलाई ‘रूसका लागि सैन्य, आर्थिक र रणनीतिक रूपमा तीनगुणा असफलता’ भनेका छन् । 

उनले यो टिप्पणी पश्चिमी सहयोगी राष्ट्रहरूमा युक्रेनमाथि रुसको आक्रमणको चार वर्ष पूरा भएको अवसरमा व्यक्त गरेका हुन्।

सन् २०२२ फेब्रुअरी २४ मा सुरु भएको यस युद्ध युरोपेली भूमिमा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा घातक सङ्घर्ष बनेको छ । युद्धमा लाखौको मृत्यु भएको छ । 

म्याक्रोनले एक्समा लेख्दै भने, ‘एक दिन रुसीहरूले आफ्नो अपराधको व्यापकता, ढोङको निरर्थकता र देशभित्रको दीर्घकालीन विनाश महसुस गर्नेछन् ।’

राष्ट्रपति म्याक्रोनले युद्धले युक्रेनलाई भयंकर चुनौतीका बाबजुद पनि प्रतिरोध कायम राख्न प्रेरित गरेको बताए। ‘हिंसा, बलात्कार, यातना र युद्ध अपराधका चार वर्ष बित्दा पनि युक्रेनले धैर्य देखाएको छ’, उनले भने।

म्याक्रोनका अनुसार १२ लाखभन्दा बढी रुसी सैनिकहरू घाइते वा मारिएका छन् । यो दोस्रो विश्वयुद्धपछिको रुसी लडाइँमा सबैभन्दा ठूलो हताहत सङ्ख्या हो ।

 उनले भने, ‘युद्धले नाटोलाई बलियो बनाएको छ, युरोपेली एकतालाई मजबुत पारेको छ र साम्राज्यवादको असफलतालाई उजागर गरेको छ ।’

राष्ट्रपति म्याक्रोनले युक्रेनलाई निरन्तर समर्थन गर्ने र रुसविरुद्ध थप प्रतिबन्ध लगाउने वचन दोहोर्‍याए ।

‘हामी चाहन्छौँ कि युक्रेनले आफ्नो क्षेत्र सुरक्षित राख्न सकोस् र रुसले अब समय आफ्नो पक्षमा छैन भन्ने कुरा बुझोस् । थकाइ वा कमजोर हुने विश्वासमा भरोसा गर्नेहरूले गलत सोच राखेका छन्’, उनले स्पष्ट गरे।

म्याक्रोन मंगलबार युक्रेनका सहयोगीहरूको नयाँ बैठकको सह–अध्यक्षता गर्ने तयारीमा छन्। उनले बैठकले सङ्घर्ष रोक्न र सहयोगी रणनीतिहरू अघि बढाउन महत्त्वपूर्ण अवसर दिने विश्वास व्यक्त गरे।

संयुक्त राज्य अमेरिकाले गत वर्ष पुनः सुरु गरेको रुस–युक्रेन वार्ता अहिलेसम्म युद्ध रोक्न सफल हुन सकेको छैन र म्याक्रोनले यस परिस्थितिमा युक्रेनको निरन्तर समर्थन अपरिहार्य रहेको बताएका छन् ।
 

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ६ : ५४ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा