पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक « Khabarhub

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ । इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले शतक प्रहार गरे । उनको शतक नै जितको मुख्य आधार बन्यो । उनले ५१ बलको सामना गर्दै सय रन पूरा गरे ।

इंग्ल्यान्डको जितमा ज्याक्सले २८ रन, साम करनले १६, बेथेलले ८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानका लागि फरानले ६३ रन, फखारल २५, बाबर अजामले २५, सादाबले २३ रन मात्रै बनाए ।

पाकिस्तानका लागि साहिन अफ्रिदीले ४ विकेट, नवाज र तारिकले समान २ विकेट लिए र अन्य बलरहरूले विकेटको खाता खोल्न सकेनन् । पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको ब्रिटिस टोलीले १९ दशमलव १ ओभरमा १६६ रन बनाएर २ विकेटको जित हात पार्यो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ४७ बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले