बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने « Khabarhub

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गर्ने र सोही दिन शपथ लिने तयारी छ । पद छाड्न केही दिन मात्र बाँकी रहँदा कार्कीले नियमित रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जान छाडेकी छन् ।

कार्यालय स्रोतका अनुसार उनले अब नआउने भन्दै अनौपचारिक रूपमा बिदा लिएकी छिन् । कार्यालयका एक उपसचिवका अनुसार कर्मचारीहरूले औपचारिक बिदाइको प्रस्ताव गरे पनि कार्कीले त्यसलाई अस्वीकार गर्दै साधारण रूपमा बाहिरिन चाहेको बताएकी थिइन् ।

त्यसपछि उनी सिंहदरबारस्थित कार्यालय गएकी छैनन् । उनका व्यक्तिगत सामान पनि सचिवालयका कर्मचारीहरूले उठाइसकेका छन् ।

यता, बालुवाटारस्थित सरकारी निवासबाट उनको परिवारले सबैजसो सामान टोखास्थित निजी घरमा सारिसकेको छ । त्यहाँ सुरक्षाकर्मी राख्न आवश्यक संरचना तयार गर्ने काम केही दिनदेखि भइरहेको थियो ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की अब पूर्वप्रधानमन्त्रीको हैसियतमा रहने भएकाले उनको निवासमा सुरक्षा व्यवस्था थप कडा पारिनेछ । सचिवालय स्रोतका अनुसार नयाँ प्रधानमन्त्रीको शपथपछि कार्की सिधै टोखास्थित निजी निवासतर्फ जाने तयारीमा छिन् ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ५ : २५ बजे

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने