बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ « Khabarhub

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा एक, २०७८/७९ मा तीन, २०७९/८० मा दुई, २०८०/८१ मा छ, २०८१/८२ मा चार जना र ०८२/८३ को फागुन मसान्तसम्म दुई जनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गत आव २०८१/८२ मा जिल्लामा १४१ जनामा क्षयरोग देखिएको छ । हालसम्म क्षयरोगबाट सङ्क्रमित ८१ जनाले नियमित औषधि खाइरहेका छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये बडीमालिका नगरपालिका उच्च क्षयरोगी दर भएको पालिकामा रहेको तथ्याङ्कले देखाएको छ । जहाँ प्रतिलाख २१९ जनामा क्षयरोग देखिएको जनाएको छ ।

क्षयरोग उन्मूलन गर्न तथ्याङ्कभन्दा पनि समुदायस्तरमा क्षयरोग चेकजाँच तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा नेपाल पत्रकार महासङ्घ बाजुराका पूर्वअध्यक्ष प्रकाश सिंहले जोड दिए ।

उनले पालिकाका ग्रामीणस्तरमा पुगेर अनुसन्धानमूलक अध्ययन तथा यसको क्षेत्रमा परिमाणमुखी नतिजा देखिने गरी स्वास्थय कार्यालय बाजुराले काम गर्न सुझाव दिए ।

जिल्ला अस्पतालका प्रमुखसमेत रहेका डाक्टर चन्द्रशेखर यादवले क्षयरोगलाई दिवसका रूपमा मात्रै नलिई नियमित रूपमा गम्भीर भएर प्रभावकारी रूपमा कार्यक्रम गरेर यसको उन्मूलनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । विशेषगरी, कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई सजिलै आक्रमण गर्नसक्ने यो क्षयरोगका किटाणु जो सुकैको शरीरमा रहेको हुन्छ ।

क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भए पनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरूमध्ये एक जटिल समस्या हो ।

क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा, थुक्दा यसका जीवाणुहरू निस्कन्छन् र हावाको माध्यमबाट अरू निरोगी व्यक्तिहरूमा समेत सर्ने गर्दछन् । क्षयरोगका जीवाणुले शरीरको फोक्सोमा बढी असर गर्दछ तर जीवाणुले शरीरका अन्य अङ्गमा पनि असर गर्न सक्दछ ।

यो रोग लाग्दा लामो समयसम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुका साथै तौल पनि कम हुँदै जाने लक्षण देखापर्ने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख यादवले बताए ।

समयमै रोगको पहिचान हुनसकेमा औषधि सेवनबाट यो रोग निको हुने चिकित्सकहरूको भनाइ छ । बदलिदो जीवनशैली तथा गलत खानपानका कारण पनि अहिले नेपाली समाजमा क्षयरोग ठूलो चुनौतीको रूपमा देखा परेको छ । यसलाई नियन्त्रण गर्नको लागि समयमै रोगको पहिचान आवश्यक छ ।

नेपालमा क्षयरोगीलाई मध्यनजर गर्दै सरकारले क्षयरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । तर अस्पतालसम्म पहुँच नपुग्दा, भौगोलिक विकटता तथा मानिस क्षयरोग केन्द्रमा जान हिच्किचाउने गर्नाले पनि मानिसले सूचीकृत स्वास्थ्य संस्थाबाट त्यो सुविधा पर्याप्त मात्रा लिन सकेका छैनन् ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ११ : १३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई