पाकिस्तानको चामल निर्यातमा ठूलो गिरावट « Khabarhub

पाकिस्तानको चामल निर्यातमा ठूलो गिरावट


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको चामल निर्यात क्षेत्रमा गत फेब्रुअरी महिनामा निकै ठूलो गिरावट आएको छ । सरकारले निर्यातकर्ताहरूलाई विभिन्न आर्थिक सहुलियत दिए पनि निर्यातको अवस्था भने खस्किएको हो । सरकारी तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा चामल निर्यातमा ३५ प्रतिशतभन्दा बढीले कमी आएको छ ।

निर्यातमा आएको यो गिरावटले सरकारको नीतमाथि नै गम्भीर प्रश्न उठाएको छ । सरकारले कर छुट र अनुदानका लागि करिब १५ अर्ब रुपैयाँ छुट्याएको थियो । यस अन्तर्गत बासमती चामल निर्यातमा ९ प्रतिशतसम्म फिर्ता दिने व्यवस्था थियो ।

तर यस्ता सुविधाहरूले अन्तर्राष्ट्रिय बजारमा पाकिस्तानी चामलको उपस्थिति बलियो बनाउन सकेनन् । बरु अनुदानका कारण आन्तरिक बजारमा चामलको मूल्य बढेको र यसले विश्व बजारमा प्रतिस्पर्धा गर्न झनै गाह्रो भएको बताइएको छ ।

तथ्याङ्क अनुसार बासमती चामलको निर्यात परिमाण झन्डै २८ प्रतिशतले घटेको छ । अन्य साधारण चामलको आम्दानीमा पनि ४२ प्रतिशतले ह्रास आएको छ । विज्ञहरूका अनुसार चामलको आन्तरिक मूल्य बढ्नु र व्यापारीहरूले मौज्दात जम्मा गरेर राख्नु यसका मुख्य कारण हुन् ।

पाकिस्तानले विगत चार दशकदेखि चामलको गुणस्तर र ब्रान्डिङमा ध्यान दिनुको सट्टा सरकारी लक्ष्य पूरा गर्नमा मात्रै जोड दिँदै आएको छ । निर्यातकर्ताहरूका अनुसार केवल निर्यातमा अनुदान दिएर मात्रै यो समस्या समाधान हुँदैन ।

यसका लागि कृषि उत्पादनको जग नै बलियो हुनुपर्छ । उन्नत बीउ, सिँचाइ सुविधा, सस्तो मल र कम विद्युत् महसुल भए मात्रै किसानको लागत घट्नेछ । उत्पादन लागत घटेपछि मात्रै पाकिस्तानी चामलले विश्व बजारमा अन्य देशसँग प्रतिस्पर्धा गर्न सक्ने विज्ञहरूको सुझाव छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ३ : ०८ बजे

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस