डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन « Khabarhub

डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन स्वास्थ्य बीमा सम्बन्धी डिजिटल कार्डको प्रयोग अनिवार्य गर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।

बोर्डले जारी गरेको सूचनाअनुसार, बिरामीसँग भौतिक बीमा कार्ड नभएको अवस्थामा पनि नागरिक एप वा  एच आइ बी प्रोफाइलमा रहेको डिजिटल कार्डमार्फत क्यूआर कोड स्क्यान गरी सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । 

यससम्बन्धी निर्णय २०८० फागुन २४ गते बसेको बोर्ड बैठकबाट भइसकेको र सोही आधारमा परिपत्र समेत जारी गरिएको जनाइएको छ ।

तर केही स्वास्थ्य संस्थाहरूले डिजिटल कार्डमार्फत सेवा नदिएको गुनासो आएपछि बोर्डले उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पुनः निर्देशन दिएको हो । अब सबै सेवा प्रदायक संस्थाहरूले डिजिटल कार्डलाई अनिवार्य रूपमा स्वीकार गरी बीमितलाई सेवा दिनुपर्ने बोर्डले स्पष्ट पारेको छ ।

वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा। पवन कुमार साहद्वारा हस्ताक्षरित सूचनामा बीमितको सुविधालाई प्राथमिकतामा राख्दै प्रविधिमैत्री सेवा प्रवाह सुनिश्चित गर्न आग्रह गरिएको छ ।

यस निर्णयसँगै स्वास्थ्य बीमा सेवा थप सहज, छिटो र कागजरहित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १० : ४६ बजे

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल