विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा काठमाडौं  « Khabarhub

विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा काठमाडौं 


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं आज विश्वकै वायु प्रदूषित शहरको पहिलो स्थानमा परेको छ । 

काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स एक्यूआई २२३ रहेको छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ वायु मानिन्छ । 

त्यस्तै दोस्रोमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । एक्युआइका अनुसार हाल दिल्लीको एक्युआइ १६२ रहेको छ। 

दिल्ली पछि पाकिस्तानको लाहोर विश्वकै प्रदुषित शहरको तेस्रो स्थानमा रहेको छ लाहोरको  एक्यूआई १५८ रहेको छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति निकै घातक हुने गर्छ । 

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क शुक्रबार एकै पटक बढेर २२३ पुगेको हो । 

एक्युआईको मापदण्डअनुसार ०-५० सम्म ‘राम्रो’, ५१-१०० ‘मध्यम’, १०१-१५० ‘अस्वस्थ’, १५-१२०० ‘सबैका लागि अस्वस्थ’, २०१-३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई  पर्ने जनाइएको छ । त्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १२ : २६ बजे

वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट

खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल