विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा काठमाडौं  « Khabarhub

विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा काठमाडौं 


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं आज विश्वकै वायु प्रदूषित शहरको पहिलो स्थानमा परेको छ । 

काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स एक्यूआई २२३ रहेको छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ वायु मानिन्छ । 

त्यस्तै दोस्रोमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । एक्युआइका अनुसार हाल दिल्लीको एक्युआइ १६२ रहेको छ। 

दिल्ली पछि पाकिस्तानको लाहोर विश्वकै प्रदुषित शहरको तेस्रो स्थानमा रहेको छ लाहोरको  एक्यूआई १५८ रहेको छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति निकै घातक हुने गर्छ । 

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क शुक्रबार एकै पटक बढेर २२३ पुगेको हो । 

एक्युआईको मापदण्डअनुसार ०-५० सम्म ‘राम्रो’, ५१-१०० ‘मध्यम’, १०१-१५० ‘अस्वस्थ’, १५-१२०० ‘सबैका लागि अस्वस्थ’, २०१-३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई  पर्ने जनाइएको छ । त्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १२ : २६ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई