सुकुम्वासी बस्ती खाली गराउने सरकारको तयारीविरुद्ध प्रदर्शन (तस्बिरहरू) « Khabarhub

सुकुम्वासी बस्ती खाली गराउने सरकारको तयारीविरुद्ध प्रदर्शन (तस्बिरहरू)


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुकुम्वासी बस्ती खाली गराउने सरकारको निर्णयको विरुद्धमा विरोध प्रदर्शन भएको छ । 

एक्कासी आफूहरूलाई हटाउन लागेको भन्दै थापाथलीको बागमती किनार लगायत अन्य स्थानमा बस्दै आएकाहरूले शुक्रबार सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुको प्रदर्शनमा राष्ट्रिय जेन-जी नागरिक अभियानले समेत साथ दिँदै प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरूले विकासका नाममा उठिबास होइन अधिकार चाहिन्छ, गरिबमाथि अन्याय गर्न पाइँदैन, पुनर्वास विना हटाउने निर्णय मान्य छैन, वास्तविक सुकुम्वासीको पहिचान गर लगायतका प्लेकार्ड देखाउँदै सरकार विरोधी नाराबाजी गरेका थिए । 

राष्ट्रिय जेन-जी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले सुकुम्वासीको हक हित र अधिकारका लागि आफूहरूको पूर्ण समर्थन रहेको बताए ।

उनले वर्तमान सरकारले डोजर चलाउने भनेर आतंक मच्चाएको धारणा राख्नुभयो । वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गरेर मात्रै अन्य कदम चाल्न उनले आग्रह गरे ।

यता शनिबार बिहानबाट सुकुम्वासी बस्ती खाली गर्ने जानकारी आएपछि केहिले आफ्नो सामानहरु सार्न सुरु गरेका छन् । भूमिहीन दलित–सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयसँगै उनीहरूले सुकुम्वासी बस्तीबाट सामान सार्न सुरु गरेका हुन् ।  

प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनसँगै शनिबार र आइतबार उपत्यकाभित्र रहेका सुकुम्वासी बस्ती डोजर लगायत हटाउने तयारी भएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १२ : ४३ बजे

वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट

खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल