एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर « Khabarhub

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।

संघीय संसदीय दलको कार्यालय सिंहदरबारबाट जारी पत्रअनुसार दलका नेता राम बहादुर थापा मगरले महरलाई शुक्रबारदेखि लागू हुने गरी प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

दलको विधान, २०७७ बमोजिम मनोनयन गरिएको उल्लेख गर्दै उनलाई आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

यससम्बन्धी जानकारी संघीय संसद सचिवालयलाई समेत गराइएको एमालेले जनाएको छ । अनेरास्ववियुका पूर्वअध्यक्ष महर फागुन २१ को निर्वाचनमा बझाङबाट विजयी भएका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ३ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली