पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु « Khabarhub

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ ।

गाउँपालिकाको वडा नं ४ स्थित घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियामध्ये करिब १३ हजार बिरुवाबाट उत्पादन सुरु भएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए ।

उनको अनुसार पहिलो पटक पातको प्रशोधनमार्फत उत्पादन सुरु भएसँगै ‘घ्याङस्वारा अर्गानिक चिया’ को व्यावसायिक उत्पादन सुरु गरिएको छ ।

‘ट्रेडमार्क, अनुज्ञापत्रसहितको कानुनी प्रक्रियाको चरणमा भएकाले बजार (उपभोक्ता) समक्ष पुर्‍याउन केही समय लाग्नेछ,’ अध्यक्ष तामाङले भने, ‘शतप्रतिशत अर्गानिक उत्पादित चियाको सम्बन्धित निकायमा गरिएको गुणस्तर परीक्षणको प्रारम्भिक नतिजामा अर्थोडक्स मध्येमा ‘उत्कृष्ट’ रहेको नतिजा आएको छ ।’

तीन वर्षअघि पञ्चकन्या–४ स्थित ‘घ्याङस्वाराको बाझो रहेका तथा झारपातले ढाकिएका सार्वजनिक जग्गालाई कृषि योग्य बनाइ यहाँका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीसहितको सयौँ स्थानीयवासीको श्रमदानबाट रोपिएका चियाबाट उत्पादन सुरु भएसगैँ गाउँपालिका उत्साहित भएको छ । 

उक्त क्षेत्रको ३३२ रोपनीमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्र पञ्चकन्याको समन्वयमा अहिले ८३ हजार बिरुवा उत्पादन दिन तयार भएको रोजगार संयोजक सरोजकुमार खातीले जानकारी दिए । उनको अनुसार अहिले १२ हजार ५० बिरुवाबाट टिपिएको पातलाई चिया तथा कफी विकास कार्यालय ककनीमा प्रशोधन गरिएको हो ।

परीक्षणका लागी १५ किलोग्राम पातको प्रशोधनमा तयारी चिया तीन किलो उत्पादन भएको छ । यसको गुणस्तर उच्च पहाडी एवं हिमाली क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियामा उत्कृष्ट रहेको उल्लेख छ । कानुनी प्रक्रिया पूरा भएसगैँ ‘घ्याङस्वारा अर्थोडक्स चिया’ को व्यावसायिक उत्पादन, मूल्य निर्धारणपश्चात बजार पठाइने रोजगार संयोजक खातीको भनाइ छ ।

‘समुन्द्री सतहबाट एक हजार ८००  देखि दुई हजार २०० मिटर उचाइमा चियाको व्यावसायिक उत्पादनसँगसगैँ स्थानीय किसानलाई अनुदानमा वितरण गर्न ८४ हजार बिरुवा तयार भएका छन्’, उनले भने, ‘यस क्षेत्रमा रोजगार सिर्जनामार्फत कृषिमा रूपान्तरण गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले सुरु गरिएको चिया खेतीको उत्पादनले घ्याङस्वारालाई छोटो अवधिमा नै परिवर्तनको रूपान्तरणमा योगदान पुगेको छ ।’ 

नुवाकोटको ककनी गाउँपालिका र म्यागङ गाउँपालिकामा यसअघिदेखि नै चियाको व्यावसायिक उत्पादन भइरहेको छ । यस क्षेत्रमा लगाइने चियालाई प्रवर्द्धनको लागि चिया तथा कफी विकास कार्यालयले सहयोग पुर्‍याउँदै आएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ३९ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते