सरकारका प्रवक्ता भन्छन् : सुकुम्वासी बस्तीमा डोजर चल्दैन, बल प्रयोग हुँदैन « Khabarhub

सरकारका प्रवक्ता भन्छन् : सुकुम्वासी बस्तीमा डोजर चल्दैन, बल प्रयोग हुँदैन


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको खोला किनारका सुकुम्वासी बस्तीलाई बल प्रयोग गरेर खाली गराउन निर्देशन दिइरहेका बेला प्रवक्ताले भने फरक कुरा गरेका छन् ।

सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले उपत्यकाका सुकुम्वासी बस्ती हटाउँदा जबरजस्ती डोजर प्रयोग नगरिने जवाफ दिएका छन् ।

उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

पोखरेलले सुकुम्वासीहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने योजनासहित सरकारले आवश्यक प्रक्रिया बढाइसकेको पनि बताएका छन् । उनले जबरजस्ती बल प्रयोग गरेर हटाउने योजना पनि सरकारको नरहेको उल्लेख गरेका छन्।

पोखरेलले वर्षेनि डुबानको जोखिम भइरहने सुकुम्बासी बस्ती स्थानान्तरण गरेर व्यवस्थित रुपमा राखिने पनि बताएका छन् ।

उनले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर आवश्यक व्यवस्थापन गर्ने तयारी गरिसकेको पनि जानकारी दिएका छन्।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ५ : ०८ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष