तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते « Khabarhub

तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाइ सडकमै बस पल्टिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका २७ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् पोखरास्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल पठाइएको प्रनाउ विकले बताए । 

त्यस्तै तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको र एक जना सामान्य रहेकाले घर पठाइएको छ । घाइतेमध्ये नौ जना गम्भीर, १४ जना मध्यम र पाँच जना सामान्य रहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : ३५ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका