साई सुदर्शनको शतकमा गुजरातले आरसीबीलाई दियाे २०६ रनको लक्ष्य « Khabarhub

साई सुदर्शनको शतकमा गुजरातले आरसीबीलाई दियाे २०६ रनको लक्ष्य


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा गुजरात टाइटन्सले रोयल्र्स च्यालेन्जर्स बेंगलुरु सामु २०६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

एम चिन्नास्वामी स्टेडियम मा शुक्रबार भएको खेलमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेट गुमाउँदै २०५ रन बनायो ।

गुजरातका लागि साई सुदर्शनले उत्कृष्ट प्रदर्शन गर्दै १०० रनको शतकीय इनिङ खेले । उनको आईपीएल करियरको तेस्रो शतक हो । कप्तान शुभमन गिल ले ३२ रनको योगदान दिए भने जेसन होल्डर १० बलमा २१ रन बनाउँदै अविजित रहे।

बलिङतर्फ आरसीबीका जोश हेजलवुड, सुयश शर्मा र भुवनेश्वर कुमार ले समान १–१ विकेट लिए। अब खेल जित्न आरसीबीले २० ओभरमा २०६ रन बनाउनु पर्नेछ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ९ : ३७ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा