एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान « Khabarhub

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ ।

गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले सम्मान गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षण सिकाइमा हौसला प्रदान गर्दै प्रविधिमैत्री शिक्षणमा सहयोग पुर्याउने लक्ष्यले विद्यार्थीलाई प्रोत्साहनस्वरुप ल्यापटप वितरण गरिएको बताए ।

यसले विद्यार्थीमा मिहिनेत, अनुशासन र लगनशीलताको विकासमा सहयोग पुग्ने उनले धारणा राखे । शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न गाउँपालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले विद्यार्थीमा सकारात्मक प्रेरणा फैलाउँदै लगनशीलताको विकासमा हौसला प्रदान गर्न ल्यापटप वितरण गरिएको बताए । उनले शिक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

गाउँपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयको शैक्षिक सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली, विद्यार्थी प्रोत्साहन कार्यक्रम तथा शिक्षक क्षमता विकासजस्ता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ६ : १० बजे

यातायात व्यवसायी महासंघको नेतृत्वलाई श्रमिकको सम्मन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’

पूर्वअनुमतिबिनाको समुद्री आवागमनविरुद्ध इरानको चेतावनी, हर्मुजमा कारबाहीको संकेत

एजेन्सी– इरानले हर्मुज जलघाँटीबाट पूर्वअनुमति बिना हुने कुनै पनि समुद्री

नेपाल मेडिकल काउन्सिलद्वारा घरमै बसेर उजुरी दिन सकिने पोर्टल सञ्चालन

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले आफ्नो सेवा प्रवाहलाई थप

घूस प्रकरणमा श्रीलङ्काली पूर्वमन्त्रीका छोरा पक्राउ

कोलम्बो- श्रीलङ्कामा पूर्वन्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागूऔषध