समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी « Khabarhub

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ। एक्सियोसको रिपोर्ट अनुसार, दुवै देश ६० दिन लामो युद्धविराम विस्तारको समझौताको नकै नजिक पुगेका छन्।

रिपोर्टमा यो समझौताअन्तर्गत स्ट्रेट अफ हर्मुज फेरि खोलिने भएको छ। जसले गर्दा जहाजहरूको आवतजावत सामान्य हुन सक्छ। इरानले यस अवधिमा हर्मुजमा राखिएका बारुदी सुरुङहरू हटाउन सहमत हुन सक्छ।

यसको बदलामा अमेरिकाले इरानका बन्दरगाहहरूमा लगाइएको प्रतिबन्धमा खुकुलो बनाउने छ । केही प्रतिबन्धहरू हटाएर इरानलाई तेल बेच्न अनुमति दिन सक्छ।

रिपोर्टअनुसार, प्रस्तावित समझौतामा इरानले कहिल्यै परमाणु हतियार बनाउने प्रयास नगर्ने प्रतिबद्धता जनाउने छ। यसकाा साथै युरेनियम सम्वर्धन कार्यक्रमलाई सीमित गर्ने र उच्च सम्वर्धित युरेनियमको भण्डार हटाउने विषयमा वार्ता हुनेछ।

यो समझौतामा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व अन्त्य गर्ने कुरा पनि समावेश रहेको बताइएको छ। यद्यपि रिपोर्टमा हिजबुल्लाहले आक्रमण गरेमा इजरायललाई जवाफी कारबाही गर्न अनुमति हुने कुरा उल्लेख गरिने भएको छ।

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

टर्कीका राष्ट्रपति रेचेप ताइप एर्दोगानले इरानसँग सम्भावित समझौता लागू गर्न आफ्नो देश हरप्रकारको मद्दत गर्न तयार रहेको बताएका छन्।

एर्दोगानले यो कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मध्यपूर्वका विभिन्न नेताहरूसँग भएको फोन कुराकानीका क्रममा भनेका हुन्।

टर्कीको राष्ट्रपति कार्यालयका अनुसार, एर्दोगानले हर्मुज जलडमरुमा जहाजहरूको आवतजावत सामान्य भएमा पूरै क्षेत्रमा स्थिरता बढ्ने छ। उनले यो कदमले विश्व अर्थतन्त्रलाई पनि ठूलो राहत मिल्ने उनले बताए । विश्वको ठूलो हिस्साको तेल व्यापार यो समुद्री मार्गबाट नै हुन्छ।

इजरायल चिन्तित

अमेरिका र इरानबीच प्रस्तावित समझौतालाई लिएर इजरायलमा चिन्ता बढेको छ। एक इजरायली अधिकारीले यो सम्झौता खराब रहेको बताएका छन्।

इजरायली च्यानल १२ को रिपोर्ट अनुसार, अधिकारीले यो समझौताबाट इरानलाई हर्मुजमा निन्तरत दबाब राखिरहने हतियारको रूपमा प्रयोग गर्न सक्ने बताए।

अधिकारीले यो तरिका परमाणु हतियार जत्तिकै प्रभावकारी साबित हुन सक्ने बताए । रिपोर्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो समझौतालाई मुख्य रूपमा आर्थिक दृष्टिकोणबाट हेरिरहेका बताइएको छ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  १ : ३३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील