प्रधानमन्त्रीले संसद्‍मा जवाफ नदिएसम्म विपक्षीले विरोध चर्काउने, सभामुखको भूमिकामा पनि प्रश्न « Khabarhub

प्रधानमन्त्रीले संसद्‍मा जवाफ नदिएसम्म विपक्षीले विरोध चर्काउने, सभामुखको भूमिकामा पनि प्रश्न


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभामा रहेका विपक्षी दलहरूले सरकारविरुद्ध थप आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेका छन्।

काठमाडौं- प्रतिनिधिसभाका विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जवाफदेही हुनैपर्ने निष्कर्ष निकालेका छन् ।

सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले प्रतिनिधि सभामा विरोधलाई निरन्तरता दिने निर्णय गरेको हो ।

यही मंगलबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठकमा सरकारको कार्यशैली र प्रधानमन्त्रीले संसद्लाई गरेको बेवास्ताको सशक्त विरोधमा उत्रिने निर्णय प्रतिपक्षी दलहरूले निकालेका हुन् ।

उक्त बैठकपछि एमालेका प्रमुख सचेतक महरले वालेन्द्र सरकारको कार्यशैली, संसद्प्रतिको उपेक्षापूर्ण व्यवहार र सभामुख डोलप्रसाद अर्यालको भूमिकालाई लिएर गम्भीर छलफल भएको बताएका छन् ।

महरले संसदीय मूल्य र मान्यताविपरीत विपक्षीको आवाज दबाउने, पेलेर अघि बढ्ने सरकार र सभामुखको शैली, गैर-लोकतान्त्रिक प्रवृत्तिबारे छलफल भएको बताए । सभामुख अर्याल अझै राष्ट्रिय स्वतन्त्र पार्टीको नेता जस्तो रुपमा देखिएको निष्कर्षसहित विपक्षी दलहरूले त्यसमा गम्भीर चिन्ता जाहेर गरेका छन्।

छलफलपछि नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेनले संसद्लाई बेवास्ता र उपेक्षा गरेको, विपक्षी दलको विरोधलाई नजरअन्दाज गरेर नटेरेको कुरामा पनि गम्भीर छलपल भएको बताएका छन् ।

विपक्षी दलहरूले संविधान कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि आगामी दिनमा सहकार्य र समन्वयलाई निरन्तरता दिने सहमति जुटाएका छन् ।

प्रधानमन्त्री शाहले संसद्‍मा आएर सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने बताइरहेका छन् । यसअघि एक्लाएक्लै आन्दोलित दलहरूले अब साझा र सामूहिक रुपमा विरोधलाई चर्काउने भएका हुन्।

यो छलफलमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए।

तर बैठकमा श्रमसंस्कृतिका कोही पनि प्रतिनिधि सहभागी भएनन्। बालेन र उनी नेतृत्वको सरकारको सबैभन्दा कठोर र चर्को आलोचना श्रमसंस्कृतिले नै गर्दै आएको छ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ४ : ४३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००