नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताएका छन् । 

गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा आइतबार पोखरामा आयोजित समसामयिक भूराजनीतिक विषयक अन्तर्क्रियामा उनले शक्ति राष्ट्रबीच भइरहेको द्वन्द्वका कारण विश्वको सामाजिक, आर्थिक  क्षेत्र प्रत्यक्ष प्रभावित रहेको बताए ।

विश्व परिवेश तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले सन्तुलित कूटनीतिक अपनाउँदै आर्थिक, सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नुपर्ने जोड दिँदै मुख्यमन्त्री पाण्डेले भने,’राष्ट्रिय हितको संरक्षणका लागि सम्पूर्ण नेपाली एकताबद्ध हुनु अपरिहार्य छ ।’

फाउन्डेसनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले नेपालको स्वतन्त्रताको आन्दोलनमा गणेशमान सिंहले गर्नुभएको योगदान अतुलनीय भएको बताए । व्यक्तिगत स्वार्थको पछि नलागी सिंहले गर्नुभएको त्याग र समर्पण भावी पुस्ताका लागि पनि प्रेरक भएको उनको भनाइ छ ।
  
बुद्धछिरिङ मोक्तान र आनन्दराज मुल्मीले लौहपुरुष गणेशमान सिंहले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको अतुलनीय योगदानका बारेमा चर्चा गरेका थिए । 

कार्यक्रममा प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका राजनीतिक, सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको फाउन्डेसनका गण्डकी प्रदेशका सदस्य कुमार रानाले जानकारी दिए । 

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ५ : ०० बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको