म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित « Khabarhub

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ (डा ल्हारक्याल लामा) सम्मानित भएका छन् ।

बौद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो । 

नेपालका लागि म्यानमारका राजदूत थान्त सिनले शुक्रबार काठमाडौंको साँखु–शङ्करापुर नगरपालिका–८ स्थित न्गाग्युर पल्युल लिङ मोनेस्ट्री, मणिचुडमा आयोजित विशेष समारोहबीच उनलाई सम्मान प्रदान गरेका हुन् । 

म्यानमार सरकारले प्रत्येक वर्ष बुद्ध धर्मको शास्त्रीय अध्ययन, साधना अभ्यास तथा बुद्ध शासनको संरक्षण र प्रवर्द्धनमा विशिष्ट योगदान दिने भिक्षु, भिक्षुणी तथा श्रद्धालु व्यक्तित्वहरूलाई विभिन्न धार्मिक सम्मान प्रदान गर्दै आएको छ ।

कार्यक्रममा म्यानमारका राजदूत, उपप्रमुख (डीसीएम) तथा प्रथम सचिव, श्रीलंकाका राजदूत, भारतीय दूतावासका उपप्रमुख (डीसीएम), अमेरिकी दूतावासका प्रथम सचिव, बैंगलोरस्थित महाबोधि सोसाइटीका अध्यक्ष तथा महासचिव, अखिल भिक्षु महासंघका अध्यक्ष, योल्मो समुदायका सदस्यहरू तथा भुटानबाट डा. करम फुन्त्सोकको उपस्थिति  थियो ।
 

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ५ : ५५ बजे

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, आवश्यक व्यवस्था गर्न राजस्व विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन