सुजिता हत्याकाण्डका १० आरोपीलाई सफाइ « Khabarhub

सुजिता हत्याकाण्डका १० आरोपीलाई सफाइ


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीमा घटना सुजिता ठाकुर हत्याकाण्डका १३ आरोपीमध्ये १० जनालाई अदालतले सफाइ दिइएको छ । 

विसं २०७८ मा लोहारपट्टी नगरपालिका–७ भ्रमरपूरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरलाई आफ्नै देवर, ससुरालगायतले हत्या गरेर महिना दिनसम्म बेपत्ता पारेको अवस्थामा प्रहरीले शौचालयको सेफ्टी ट्याङ्कीबाट शव बरामद गरेको घटनाका आरोपीमध्ये १० जनालाई पाँच वर्षपछि महोत्तरी जिल्ला अदालतले सफाइ दिएको छ । 

महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी एवं श्रेस्तेदार भरतमणि पोखरेलका अनुसार न्यायाधिश तीर्थराज केसीको इजलासले सो मुद्दामा १० जनालाई सफाइ दिने आदेश दिएका हुन् । 

व्यक्ति बेपत्ता तथा ज्यानसम्बन्धी कसुर मुद्दामा आरोपीहरुमध्ये कामेश्वर पाण्डे, अञ्जुकुमारी चौधरी, मोहमद अदम राइन, किशोरी मण्डल, विनोद मण्डल, नथुनी मण्डल, प्रिया ठाकुर, रामसखी देवी, पतिराम ठाकुर र भोगी महतोलाई अदालतले सफाइ दिएको हो । 

आरोपीहरू उत्तम खत्वे र दुखी महतो नुनियाको हकमा मुद्दा मुल्तवी गरिएको श्रेस्तेदार पोखरेलले जानकारी दिए ।

मृतक सुजिताका देवर रुपेश ठाकुरलाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको सजाय, हकवालालाई क्षतिपूर्तिवापत ५० हजार रुपैयाँ भराइ दिने  तथा पीडित राहत कोषमा दुई हजार ८०० रुपैयाँ दाखिला गर्ने आदेश दिइएको छ ।

विसं २०७८ जेठ २० गते राति लोहारपट्टी नगरपालिका–७ भ्रमरपूरा गाउँका मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुरलाई देवर रुपेश ठाकुरसहितका व्यक्ति मिलेर हत्या गरेर सुरुमा घरकै फ्रिजमा, त्यसपछि गाउँकै मनरहिया वनमा खाल्डो खनेर गाडेको र त्यसपछि त्यहाँबाट विभिन्न व्यक्तिको सहयोगमा शव निकालेर  पेट्रोल पम्पको सेफ्टी ट्याङ्कीमा राखेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो । 

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ६ : ५५ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष