गगनलाई एनपीको आग्रह : क्रियाशील सदस्यताबारे थप विवाद नबढाउनू « Khabarhub

गगनलाई एनपीको आग्रह : क्रियाशील सदस्यताबारे थप विवाद नबढाउनू


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा मेलमिलापका लागि विशेष अधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह गरेका छन् ।

कांग्रेस सुदूरपश्चिम कार्यसमितिले आइतबार कैलालीको धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय भेलामा उनले पार्टी एकतामा जोड दिँदै सभापति थापालाई समन्वयका लागि आग्रह गरेका हुन ।

‘अधिवेशनमा नगएका साथीहरूबीच समन्वय र एकता स्थापित गर्नस्’, भेलाका प्रमुख अतिथि साउदले भने, ‘क्रियाशील सदस्यताबारे थप विवाद नगर्नुस् ।’

कुनै कृयाशील सदस्यले अनुशासन तोडे कारबाही गर्ने प्रक्रिया पार्टीको विधानले नै तय गरिसकेको उनले बताए ।

‘त्यो प्रक्रियाअनुसार सम्बन्धित मान्छेलाई हटाउन सकिन्छ,’साउदले भने, ‘सर्वसम्मतिले सदर भएको क्रियाशील सदस्यता तपाईंले चलाउनु हुन्न । हामी यो पनि आग्रह गर्न चाहन्छौं ।’

पूर्वपरराष्ट्रमन्त्री साउदले पार्टीको निर्वाचन समिति सबै पक्षलाई स्वीकार्य हुने गरि अगाडि बढाइनु पर्ने पनि माग गरे । ‘निर्वाचन समिति बनाउने, अनुशासन समिति पनि सर्वस्वीकार्य हुने गरि बनाउनु पर्छ,’ उनले भने ।

विशेष अधिवेशनमा सहभागी र असहमतबीच एकता र समन्वयपछि मात्रै १५ औँ महाधिवेशन गर्न सकिने नेता साउदको तर्क छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ७ : ०३ बजे

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय