एमाले सचिवालय बैठक : बादलको नेतृत्वमा निर्वाचन समीक्षा कार्यदल गठन « Khabarhub

एमाले सचिवालय बैठक : बादलको नेतृत्वमा निर्वाचन समीक्षा कार्यदल गठन


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आइतबार दिउँसो १२ बजेदेखि बसेको सचिवालय बैठक करिब १० घन्टासम्म चलेर राति अबेर सम्पन्न भएको हो ।

बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्दै संगठनात्मक विषय, कार्यविभाजन तथा पार्टीको आगामी रणनीतिबारे विस्तृत छलफल गरेका थिए। छलफलपछि विभिन्न कार्यदल गठन गर्ने निर्णय समेत गरिएको छ।

उपमहासचिव लेखराज भट्ट का अनुसार बैठकमा कार्यविभाजन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा गहन छलफल भएको थियो।

बैठकमा पार्टी पुनर्गठन र नेतृत्वसम्बन्धी विषयमा समेत नेताहरूले आ–आफ्ना धारणा राखेका थिए। अन्त्यमा अध्यक्ष ओलीले उठेका प्रश्न तथा सुझावहरूको जवाफ दिएका थिए ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ९ : २९ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।