सचिवालय बैठकपछि बस्नेतले भने : ओलीले राजीनामा दिन्छन् भनेर भ्रामक प्रचार गरियो « Khabarhub

सचिवालय बैठकपछि बस्नेतले भने : ओलीले राजीनामा दिन्छन् भनेर भ्रामक प्रचार गरियो


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको राजीनामाबारे गरिएको प्रचार भ्रामक भएको बताएका छन् ।

चौथो दिन बसेको एमाले सचिवालय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले पार्टीभित्र अध्यक्ष ओलीले राजीनामा दिने विषयमा फैलाइएका समाचारहरू गलत र पार्टी हित विपरीत भएको दाबी गरे ।

उनले भने ‘ओलीले राजीनामा दिन्छन् भन्ने हिसाबले प्रचार गरियो, यो पार्टी हित विपरीत हो। यसमा पार्टी अध्यक्षको ध्यानाकर्षण भएको छ।’ उनले वर्तमान अवस्थामा ओलीको विकल्प नभएको पनि बताए ।

बैठकमा अध्यक्ष ओलीले करिब ३ देखि ४ घण्टा नेताहरूका धारणा सुनेका थिए। सुरुमा १८ पदाधिकारीका विचार सुनेका ओलीले चार जनाबाहेक १४ पदाधिकारीले नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेपछि अन्त्यमा आफ्ना कुरा राखेका स्रोतहरूले जनाएका छन् ।

बैठकमा नेताहरूको धारणा, संगठनात्मक विषय तथा आगामी रणनीतिबारे विस्तृत छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ९ : ३६ बजे

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट