आफूविरुद्ध नेताहरू खनिएपछि रिसाए ओली « Khabarhub

आफूविरुद्ध नेताहरू खनिएपछि रिसाए ओली


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको चार दिन लामो सचिवालय बैठक आज सकिएको छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली करिब ३ देखि ४ घण्टा लामो बोलेका थिए ।

१८ जना पदाधिकारीको कुरा सुनेपछि चार नेताहरू मात्रै ओलीको पक्षमा देखिएको र बाँकी अधिकांशले नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेपछि ओली आक्रोशित बनेका थिए ।

नेतृत्वमाथि राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा प्रहार हुँदा ताली बजाउने नेताहरूलाई जनताले राम्रोसँग चिनेको उनले दाबी गरे । उनले एमालेको नेतृत्वमा आफूलाई बस भनेर कसैले नराखेको र निर्वाचन लडेर आएको भन्दै अनावश्यक रूपमा मिडियामा गलत खबर फैलाइएकोप्रति चित्त दुखाए ।

उनले भने, ‘मिडियामा हेर्यो भने यसो भनिएको छ, उसो भनिएको छ। ओलीलाई फालिहाल्नुपर्छ, घिसारेर हटाउनुपर्छ भन्ने हिसाबले देखिएको छ। नेतृत्वमाथि राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा प्रहार हुँदा त्यसलाई बचाउनुपर्छ कि गलत्याउनुपर्छ, त्यो आफैँ बुझ्नुहोला । तपाईंहरू आफैँ बोल्दै हुनुहुन्छ कि अरूको कुरा सुन्दै हुनुहुन्छ ? सडकबाट कराएर पार्टी चल्दैन । म विधि र प्रक्रियाबाट अध्यक्ष भएको हुँ । कसैले ‘ए, त अध्यक्ष बन’ भनेर बनाएको होइन नि, हिजोअस्ति मात्रै महाधिवेशन सकिएको छ, तपाईंहरूले आफ्नै आँखाले देख्नुभएको छ।’

ओलीले अधिकांश नेताहरूका प्रश्नको जवाफ दिँदै आफूले नेतृत्व नछाड्ने संकेत गरेका छन्। साथै उनले नेताहरूको कार्यविभाजन गर्दै छिट्टै केन्द्रीय कमिटी बैठक बोलाउने धारणा समेत राखेका थिए।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ९ : ४७ बजे

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने

हर्मुज खुला राख्न आसियानको जोड

एजेन्सी– अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका