पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास « Khabarhub

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक नेपाली नेताविरुद्ध नकारात्मक समाचार लेखाउन खोजिएको भन्ने आरोप अस्वीकार गरेको छ ।

दूतावासले यस्तो हल्लालाई ‘चीनविरुद्धको नियोजित बदनाम’ को संज्ञा दिँदै गम्भीर छानबिन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

दूतावासका प्रवक्ताले शुक्रबार जारी गरेको वक्तव्यमा चीनले सधैं अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गर्दै आएको उल्लेख गरिएको छ ।

यसका साथै नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, राजनीतिक स्थायित्व र आर्थिक विकासमा चीन निरन्तर सहयोगी रहेको दाबी गरिएको छ ।

यो प्रतिक्रिया सानेपास्थित जनआस्थाको कार्यालयमा शुक्रबार साँझ भएको एक रहस्यमय घटनापछि आएको हो ।

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ का अनुसार शुक्रबार अपराह्न करिब सवा ५ बजे कालो चस्मा र मास्क लगाएकी एक युवती कार्यालय परिसरमा आइन् ।

उनले निलो प्लास्टिकको थैलो गेटमा राखेर हिँडेकी थिइन् । पछि स्टाफहरूले थैलो खोलेर हेर्दा त्यसभित्र एउटा रक्सीको बोतल र ५० हजार रुपैयाँ नगद फेला परेको थियो ।

घटनापछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई विगतमा कृष्णबहादुर महरालाई फसाइएको शैलीमा फसाउने प्रयास भएको दाबी गरेका छन् ।

उनले सेक्युरिटी क्यामराको फुटेजबाट लिइएको ती युवतीको तस्वीरसमेत सार्वजनिक गरेका छन् ।

श्रेष्ठका अनुसार शुक्रबार उनलाई सौरभ यादवको नाममा दर्ता भएको चिनियाँ नम्बरबाट फोन आएको थियो ।

फोन गर्ने व्यक्तिले आफूलाई ‘मिस्टर यिङ’ र ‘मिस्टर एम’ भनेर चिनाएको तथा ‘गृहमन्त्रीमा सुधन गुरुङलाई रोक्नुपर्‍यो’ भन्दै १० लाख रुपैयाँ प्रस्ताव गरेको उनको दाबी छ । आफूलाई ‘सानो उपहार’ पठाइने भनिए पनि त्यसलाई बेवास्ता गरेको श्रेष्ठले बताएका छन् ।

यसअघि सामाजिक सञ्जालमा मेकानिकल इन्जिनियर शैलेश साहको फेसबुक आइडीबाट सार्वजनिक गरिएको एउटा भिडियोमा पत्रकार श्रेष्ठ र एक कथित चिनियाँ नागरिकबीचको फोन संवाद तथा केही स्क्रिनसट राखिएको थियो ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय ललितपुरले मौखिक उजुरीका आधारमा अनुसन्धान सुरु थालेको जनाएको छ । आफ्ना नागरिक जोडिएको भनिएको यस प्रकरणमा चिनियाँ पक्षले पनि घटनाको निष्पक्ष र गम्भीर अनुसन्धान गरी संलग्नमाथि कानुनी कारबाही गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  १० : १८ बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई