फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै « Khabarhub

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा राष्ट्रियस्तरको खुला डुङ्गा दौड प्रतियोगिता हुने भएको छ ।

फेवा डुङ्गा व्यवसायी सङ्गठनको आयोजनामा यही जेठ १८ गते तेस्रो संस्करणको पुरुष तथा महिलातर्फ खुला डुङ्गा दौड प्रतियोगिता हुन लागेको हो ।

सङ्गठनका अध्यक्ष वलराम गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालबारे प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा आन्तरिक पर्यटक भित्राउन र यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता गर्न लागिएको बताए।

‘फेवाताल पोखराको गहना हो । पोखरा आउने सबै पर्यटकको गन्तव्य समेत हो । फेवातालको थप प्रवद्र्धन गर्न प्रतियोगिताबाट मद्दत पुग्छ’, उनले भने।

आयोजकका अनुसार पुरुषतर्फ बाराहीघाटदेखि पारि लेक हाउससम्म झण्डै तीन किमी दूरीमा तथा महिलातर्फ बाराहीघाटदेखि पारि लिची गार्डेनसम्म दुई किमीमा दौड गराइने छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा हुने प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले रु ३० हजार, द्वितीयले रु २० हजार, तृतीयले रु १० हजार तथा सान्त्वनाले रु पाँच हजारसहित ट्रफिर प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुरुषतर्फ ३५ तथा महिलातर्फ १५ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रत्येक टोलीमा तीन डुङ्गा चालक रहने छन् । प्रतियोगिता सफल पार्न फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष गिरीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।

खेलकुद संयोजकमा बत्ति गुरुङ, प्रचार प्रसार समितिमा शिवरुद्र जिसी, आर्थिक समितिमा बुद्धिनाथ पाण्डे, मञ्च व्यवस्थापन तथा स्वयंसेवक समितिमा धनबहादुर विक तथा अतिथि सत्कार समितिमा तारा विक रहेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  १० : ४८ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका