इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु « Khabarhub

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोनवार्ताबारे जानकारी दिँदै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मबीच इरानसँग कुनै पनि अन्तिम सम्झौताका लागि इस्लामिक गणतन्त्रको ‘आणविक खतरा’ को पूर्ण रूपमा अन्त्य गर्ने बिषयमा सहमति भएको छ।’

नेतान्याहुले शनिबार राति दुई नेताबीच भएको कुराकानीलाई सङ्केत गर्दै भने, ‘फोनवार्ता धेरै राम्रो भयो।’ राष्ट्रपति ट्रम्पले यसपहिले नै उक्त कुराको पुष्टि गरेका थिए ।

‘राष्ट्रपति ट्रम्प र म इरानसँग कुनै पनि अन्तिम सम्झौताले आणविक खतरा पूर्ण रूपमा समाप्त गरिनुपर्छ भन्ने कुरामा सहमत भएका छौँ। यसको अर्थ इरानको युरेनियम संवर्धन केन्द्रहरू भत्काउनु र उसको क्षेत्रबाट प्रवर्धित आणविक सामग्री हटाउनु हो,’ नेतान्याहूले एक विज्ञप्तिमा भनेका छन् ।

उनले भने, ‘राष्ट्रपति ट्रम्पको जस्तै मेरो नीति पनि परिवर्तन भएको छैन, इरानले आणविक हतियार उत्पादन गर्नेछैन ।दुबै नेताहरूले स्ट्रेट अफ हर्मुज पुनः खोल्ने सम्बन्धी समझदारी पत्रबारे पनि छलफल भएको छ। दुई देशबीचको साझेदारी युद्धको मैदानमा प्रमाणित भएको छ, इरान कहिल्यै बलियो भएको छैन ।’

ट्रम्पले लेबनान लगायत सबै मोर्चामा खतराविरुद्ध इजरायलको रक्षा गर्ने अधिकारको लागि आफ्नो प्रतिवद्धता पछिल्लो फोनवार्तामा दोहोर्याएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  १० : ५७ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा