एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन « Khabarhub

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा ३१ करोड २३ लाख ५१ हजार ८७० रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले ११ महिनामा २६ करोड ७० लाख १५ हजार ३४४ रुपैयाँ राजस्व जम्मा गरेको बताए । 

रुकुम–पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले तीन करोड पाँच लाख ६३ हजार ३२१ रुपैयाँ राजस्व जम्मा गरेको छ भने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले एक करोड ४७ लाख ७३ हजार २०५ रुपैयाँ राजस्व जम्मा गरेको प्रवक्ता सुवेदीले बताए । 

कर्णालीमा यातायातका साधन नै करको मुख्य स्रोत मानिएको छ । कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा सवारीसाधन करले ओगटेको छ । 

सवारीसाधन कर शीर्षकमा मात्रै जेठ मसान्तसम्म २४ करोड ९७ लाख रुपैयाँ बराबर सवारीसाधन कर जम्मा भएको थियो । 

सुर्खेतले २१ करोड ५६ लाख ९३ हजार रुपैयाँ, चौरजहारीले दुई करोड ६६ लाख ५१ हजार रुपैयाँ र जुम्लाले ७३ लाख ६५ हजार रुपैयाँ सङ्कलन गरेका छन् । 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १२ : ३७ बजे

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले