इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण « Khabarhub

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष बाँस्तोलाले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुम्बासीले जग्गाधनी पत्र पाउने बताए । सुकुम्बासीका लागि लालपूर्जा वितरण गरिएको यो दोस्रो जिल्ला भएको उनको भनाइ थियो ।

कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पालिकासँग समन्वय गरेर प्रकृया पुगेकालाई तत्काल लालपूर्जा वितरण गरिने र प्रकृया नपुगेकाको प्रकृया पुरा गर्नेतर्फ लाग्ने बताए । सबै पालिकामा नाप नक्सा, दर्ता, प्रमाणीकरणलगायतका काम भइरहेको उनले बताए । जिल्लामा ४२ हजार जनाको निवेदन परेको उनको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङले जग्गाधनी प्रमाण पत्र पाउनेमा चार घर भूमिहिन दलित र ३० घर भूमिहिन सुकुम्बासी रहेको बताए । सोही टोलका ३८ घरको लालपूर्जा तयार भएकोमा फोटो टाँस्नुपर्ने जग्गा धनी बाहिर भएकाले उनीहरु आएपछि लालपूर्जा वितरण गरिने बताए । गाउँपालिकामा अझै ८० घर भूमिहिन दलित, ७७१ घर भूमिहिन सुकुम्बासी र दुई हजार ९३० अव्यवस्थित बसोबासी रहेका छन् ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीसहित इच्छाकामनाका सातवटै वडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ७ : ४६ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्