वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश « Khabarhub

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश गरेको छ । 

महाअभियानको ६८९औँ हप्तामा आज सिनामंगल क्षेत्रको वाग्मती नदी किनारमा सफाइ गरिएको छ । सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहर लगभग तीन मेट्रिक टन संकलन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । 

उनका अनुसार सफाइका क्रममा संकलन गरिएको नकुहिने फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डा. आनन्दसिंह भाट, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहेको उनले बताए ।

अर्को हप्ता साउन १६ गते शनिबारको सफाइ कार्यक्रम गुह्येश्वरी पानी प्रशोधन केन्द्रमुनिको वाग्मती नदी किनारमा गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ अभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ता शनिबार यो अभियानले निरन्तरता पाउँदै आएको छ । 

झरी, गर्मी, जाडो, भूकम्प, कोरोना महामारी, दसैँ तिहारजस्ता चाडपर्वका दिन शनिबार परे पनि सफाइ अभियान रोकिएको छैन । यो अभियानबाट प्रभावित भई काठमाडौँ उपत्यकामा वाग्मतीका सबै सहायक नदीमा पनि सफाइ अभियान सुरु भइसकेका छन् । 

काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी सभ्यता क्षेत्रमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर करिब १०८ भन्दा बढी स्थानमा साप्ताहिक रुपमा शनिबार सफाइ अभियान चलिरहेको छ । वाग्मती सफाइ महाअभियानले देशभर सफाइ जागरण फैल्याएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १२ : २८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्