पेपर लिक रोक्न नसकेको भन्दै मोदीमाथि राहुल गान्धीको व्यंग्य « Khabarhub

पेपर लिक रोक्न नसकेको भन्दै मोदीमाथि राहुल गान्धीको व्यंग्य


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा सांसद राहुल गान्धीले परीक्षा प्रणालीमा भइरहेको पेपर लिक रोक्न नसकेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन्।

शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै गान्धीले सरकारले आफ्नो अधिकारको माग गर्दै आन्दोलनरत विद्यार्थीहरूमाथि कठोर व्यवहार गरेको आरोप लगाए। उनले मेट्रो सेवा, सडक, पसल, इन्टरनेट र खानासमेत बन्द गरिए पनि पेपर लिक रोक्न सरकार असफल भएको भन्दै प्रधानमन्त्री मोदीमाथि कटाक्ष गरेका हुन्।

गान्धीले भनेका छन्  ‘मेट्रो बन्द गर्नुभयो, सडक बन्द गर्नुभयो, पसल बन्द गर्नुभयो, इन्टरनेट बन्द गर्नुभयो, खाना बन्द गर्नुभयो। तर एउटा कुरा भने बन्द गर्न सक्नुभएन—पेपर लिक’ ।

यसैबीच, दिल्लीमा शनिबार बिहान साढे ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म १८ वटा मेट्रो स्टेशन बन्द गरिएको छ। आन्दोलनरत पक्ष र उसका समर्थकहरूले प्रदर्शनस्थल आसपास इन्टरनेट सेवासमेत अवरुद्ध गरिएको दाबी गरेका छन्।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  २ : ०० बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण