गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने « Khabarhub

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख ८ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने नगद सहयोगबाट समायोजन गरिने भएको छ। 

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि यो सहमति भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गाभीले नेपाललाई पठाएको पत्रमा विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको समाधान प्रस्तावका आधारमा उक्त निर्णय गरिएको उल्लेख गरिएको छ।

गाभीले यो व्यवस्था नेपालका लागि विशेष तथा एकपटकका लागि मात्र गरिएको स्पष्ट गर्दै भविष्यमा यस्ता विषयमा यसलाई नजिरका रूपमा नलिइने पनि जनाएको छ।

हालसम्म गाभीले नेपाललाई ५५० मिलियन अमेरिकी डलरभन्दा बढी बराबरको सहयोग उपलब्ध गराइसकेको छ। उक्त सहयोगबाट नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको सुरुआत तथा विस्तार, कोल्ड चेन (खोप भण्डारण तथा ढुवानी प्रणाली) सुदृढीकरण, खोप खरिद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको छ।

नेपाल र गाभीबीच सन् २०१४ मा साझेदारी ढाँचामा हस्ताक्षर भएपछि गाभीको सहयोगमा सञ्चालित कार्यक्रमको व्यवस्थापन तथा वित्तीय प्रणालीको समीक्षा गर्न सन् २०२२ मा विशेष लेखापरीक्षण गरिएको थियो। उक्त लेखापरीक्षणले आर्थिक वर्ष २०१६-१७ देखि २०२१-२२ सम्मको अवधिलाई समेटेको थियो। लेखापरीक्षण टोलीले स्वास्थ्य सेवा विभागसहित २२ वटा कार्यान्वयन निकायको स्थलगत अध्ययन तथा परीक्षण गरेको थियो।

प्रारम्भिक लेखापरीक्षणपछि आवश्यक वित्तीय कागजात तथा अभिलेख सङ्कलन गरी पुनःपरीक्षणका अनुरोध गरिएको थियो। त्यसअनुसार गाभीको लेखापरीक्षण टोली २०२४ अप्रिल २२ देखि मे १ सम्म नेपाल आएर फलोअप लेखापरीक्षण सम्पन्न गरेको थियो।

पुनःपरीक्षणपछि गाभीले १३ नोभेम्बर २०२४ मा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै ३ लाख ८ हजार २७१ अमेरिकी डलर सम्बन्धमा नेपालको प्रतिबद्धता तथा भुक्तानी योजना माग गरेको थियो।

यस विषयलाई समाधान गर्न स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विश्व स्वास्थ्य सभाका क्रममा गाभीका नेतृत्वसँग प्रत्यक्ष छलफल गरेका थिए। त्यसपछि ४ जुन २०२६ मा समाधानको प्रस्तावसहित औपचारिक पत्राचार गरिएको थियो।

निरन्तर संवाद र समन्वयपछि गाभीले नेपालको प्रस्ताव स्वीकार गर्दै उक्त रकम फिर्ता नमाग्ने तथा गाभी ६.० अन्तर्गत उपलब्ध हुने आगामी नगद सहयोगबाट समायोजन गर्ने निर्णय गरेको हो।

गाभीले आफ्नो पत्रमा राष्ट्रिय खोप कार्यक्रमप्रतिको नेपालको प्रतिबद्धता, खोप सेवाको विस्तार, वित्तीय व्यवस्थापनमा सुधार, लेखापरीक्षणका सुझावको समयमै कार्यान्वयन तथा कार्यक्रम सञ्चालनमा गरिएको सुधारात्मक प्रयासको प्रशंसा गरेको छ। साथै, नेपालसँगको दीर्घकालीन सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित निकायका अनुसार गाभीको यो निर्णयले नेपाल–गाभी साझेदारीलाई थप सुदृढ बनाउनुका साथै राष्ट्रिय खोप कार्यक्रमको दिगोपन र आगामी स्वास्थ्य कार्यक्रम सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  २ : ०३ बजे

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच

चुच्चे नक्सासहित नयाँ सिक्काको डिजाइन तयार

काठमाडौं– सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले परीक्षामा देखिएको अनियमितता र

१७ वर्षपछि फेरि सिप्रिङमा पहिरो : एक जना बेपत्ता, १५ भन्दा बढी घर प्रभावित

दोलखा– दोलखाको गौरीशंकर गाउँपालिका–८ स्थित सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्यामस्थलमा

न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र पोर्चुगल