मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु « Khabarhub

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक बालकको मृत्यु भएको छ।

ढुङ्गासहित आएको पहिरोमा च्यापिएर रारा छायानाथ नगरपालिका–१३ तिर्प घर भई पुलु बजारमा होटल व्यवसाय गर्दै आएका जगनाथ बडुवालका तीन वर्षीय छोरा रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार शुक्रबार बिहान गएको पहिरोमा परेका बालकलाई प्रहरी चौकी डोल्फुबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो। उद्धारपछि उपचारका लागि नजिकैको स्वास्थ्य चौकी पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।

पहिरोमा परी बालकका बुबा जगनाथ बडुवाल र आमा सिर्जना बडुवाल सामान्य घाइते भएका छन्। पहिरोले पुलु बजारमा पेमा लामाको घर पूर्णरूपमा क्षति पुर्‍याएको छ भने अन्य आठ घर जोखिममा परेका छन्।

प्रहरीका अनुसार जोखिममा रहेका घरपरिवारलाई आफन्तकोमा सारिएको छ भने अन्य प्रभावितलाई पुलु स्वास्थ्य चौकीमा राखिएको छ।

घटनाको थप अनुसन्धान, उद्धार तथा राहत व्यवस्थापनका लागि प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा पाँच जना र प्रहरी चौकी छायलबाट प्रहरी हवल्दार गोपाल सार्कीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ पठाइएको छ।

पुलु बजार मुगु सदरमुकामबाट करिब सात घण्टा पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ४ : १२ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत