हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही « Khabarhub

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला प्रवेश गरेपछि नेकपा (एमाले) भोजपुरमा हलचल भएको छ । हर्कले भोजपुर टेकेसँगै एमालेका आधा दर्जन बढी नेताहरू श्रम संस्कृतितिर लागेका छन् ।

एमाले जिल्ला कमिटीले पार्टीको शनिबार नीति, सिद्धान्त, विधान र संगठनात्मक अनुशासनविपरीत गतिविधि गरेको आरोपमा भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पासहित सात जनामाथि कारबाही गरेको छ।

जिल्ला अध्यक्ष मक्करबहादुर खड्काद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार अन्य राजनीतिक दलमा प्रवेश गरेको विषयलाई पार्टीले गम्भीर रूपमा लिएको जनाएको छ। 

विज्ञप्तिमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिले यस्तो गतिविधि गर्नु सूर्य चिन्हमा मतदान गर्ने मतदाता, शुभेच्छुक र जनसमुदायप्रतिको गम्भीर विश्वासघात भएको उल्लेख गरिएको छ।

एमालेले कोशी प्रदेश कमिटी सदस्यसमेत रहेकी भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पार्टीको निर्देशन, नीति र विधानविपरीत गतिविधि गरेको, पार्टी नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, जनप्रतिनिधिको पदको दुरुपयोग गर्दै पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेको तथा नेता–कार्यकर्तालाई अन्य दलमा प्रवेश गराउन भूमिका खेलेको ठहर गरेको छ। 

त्यसैले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न तथा उपप्रमुख पदबाट समेत मुक्त गर्न आवश्यक प्रक्रिया अघि बढाउन कोशी प्रदेश कमिटीसमक्ष सिफारिस गरिएको जनाएको छ।

यस्तै, भोजपुर नगरपालिका–८ का वडाध्यक्ष तथा एमाले जिल्ला सचिवालय सदस्य नवीन प्रधानलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ। 

उनलाई वडाध्यक्ष पदबाट समेत मुक्त गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको एमालेले जनाएको छ। यसैगरी विमल रणपहेली, सुमन प्रधान, रेनुका भुजेल, कोपिला राई, बाबुराम तामाङ र दिपेन दर्नाललाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।

एमाले भोजपुरले सम्पूर्ण नेता–कार्यकर्तालाई अवसरवादी प्रवृत्ति र व्यक्तिकेन्द्रित राजनीतिबाट विचलित नहुन तथा पार्टी, जनता र राष्ट्रको हितका लागि संगठन सुदृढीकरण अभियानमा एकताबद्ध भएर सक्रिय हुन आह्वान गरेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ६ : ५३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया