वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद « Khabarhub

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट प्रहरीले ठूलो परिमाणमा रासायनिक डीएपी मल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार वडा सदस्य सुरेश साहको घरमा लुकाइछिपाइ डीएपी मल भण्डारण गरी अभावको अवस्थामा महँगो मूल्यमा बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी ९०० बिघाबाट खटिएको प्रहरी टोलीले छापा मार्दा करिब ४०० बोरा डीएपी मल बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बरामद गरिएको मलको वैध स्रोत पुष्टि हुन नसकेपछि नियन्त्रणमा लिइएको जानकारी दिए।

उनका अनुसार बरामद गरिएको मल ट्याक्टरमार्फत इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने कार्य भइरहेको छ। मलको यकिन सङ्ख्या, यसको स्रोत तथा सम्भावित अवैध कारोबारबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वडा सदस्य सुरेश साह हाल फरार रहेका छन् र उनको खोजी कार्य तीव्र पारिएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ७ : ०८ बजे

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे