इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको मन जित्न सफल अनाथ बाँदर, पन्चले आइतबार आफ्नो पहिलो जन्मदिन मनाएको छ । पन्चका अहिले संसारभर साथी छन् र प्रशंसकहरूबाट शुभकामना सन्देशहरूको बाढी आएको छ । उसलाई अब त्यो अर्काको खेलौना खेल्नुपर्दैन । उसले धेरै शुभचिनतक कमाएको छ र उनीहरूको माया पाइरहेको छ ।
एक वर्षअघि आजकै दिन (जुलाई २५) मा जन्म पन्चलाई दिएपछि सम्भवतः थकानका कारण उसकी आमाले स्याहार नगरी छाडिदिएकी थिइन् । चिडियाखानाका कर्मचारीहरूले उसलाई हुर्काए र नयाँ जन्मेका ‘मकाक’ बाँदरहरू बाँच्नका लागि आवश्यक समात्ने क्षमता विकास गर्न त्यो खेलौना दिए ।
पन्च अब त्यो नरम खेलौना समात्ने मोटो बच्चा मात्र नभई ‘इचिकावा सिटी जुलोजिकल एण्ड बोटानिकल गार्डेन’को घेरामा अन्य बाँदरहरूसँग घुलमिल भएर खेल्दा उनीहरूबाट छुट्याउन गाह्रो छ । “ऊ अहिले पनि प्रशंसकको ठूलो भीडको ध्यानाकर्षण गरिरहेको छ। उसले जापानभित्र र बाहिरबाट करिब दुई हजार ५०० जन्मदिनको शुभकामना दिइएका कार्डहरू पाएको छ,” चिडियाखानाका प्रमुख ताकाशी यासुनागाले भने
धेरै कार्ड र अन्य सन्देशहरू ‘पन्च जन्मदिन प्रदर्शनी’ का भित्री भित्ताहरूमा टाँसिएका छन्, जहाँ आगन्तुकहरूले पन्चका सुरुका दिनदेखिका भिडियोहरू पनि हेर्न सक्छन्। “पन्चले हरेक दिन बाँच्नका लागि धेरै सङ्घर्ष गरिरहेको बेला उसका दुई हेरचाहकर्ताहरूले आमाको अभाव मेटाउन सकेसम्म सबै सुविधा उपलब्ध गराएका थिए र अन्य कर्मचारीहरूले निगरानी गरेका थिए,” यासुनागाले विगत एक वर्ष सम्झँदै भने ।
उनले भने, “पन्च जन्मिएको बेला अत्यन्तै गर्मी थियो । गर्मीको मौसम फर्किएसँगै त्यो सम्झना अझै ताजै छ ।”
जनवरीको मध्यतिर, हेरचाहकर्ताहरूबाट छ महिना विशेष हेरचाह पाएपछि पन्चलाई चिडियाखानाको बाँदर घेरामा करिब ५० अन्य बाँदरहरूसँग राखियो । यो चुनौतीले उसलाई थप प्रसिद्ध बनायो।
“फेब्रुअरीमा चिडियाखानाले सामाजिक सञ्जालमा पन्चको खेलौनासहितका तस्बिरहरू राखेपछि तुरुन्तै सनसनी बन्यो र चिडियाखानामा दशौं हजार आगन्तुक आए, जसमध्ये आधा विदेशबाट आएका थिए,” यासुनागाले भने।
अन्य बाँदरहरूले बच्चालाई धपाउँदा पन्च तुरुन्तै ओरङउटानको खेलौनातिर दौडिन्थ्यो र सान्त्वनाका लागि त्यसलाई अँगालो मार्दथ्यो। प्रशंसकहरूले त्यसको भिडियो खिचेर पन्च भाग र त्यस (ओरङउटानको खेलौना)लाई समाऊ भन्दै गरेका भिडियो सामग्री सामाजिक सञ्जालमा ट्यागसहित हाली उसलाई प्रोत्साहन दिए । ओरङउटानको खेलौना उसको आमाको स्थानमा आएको साहारा थियो र खेल्ने साथी पनि ।
“केवल खेलौनासहितको पन्चको प्यारोपन मात्र होइन, अरूहरूबाट बिस्तारै स्वीकृत हुनका लागि उसको एक्लो सङ्घर्षले पनि मानिसहरूको मन छोयो,” प्रशंसकहरू भन्छन्। कोबेकी बासिन्दा कुमी इशिजावाले जन्मदिन प्रदर्शनीमा आएर भने, “उहाँले यस वर्षको सुरुमा सामाजिक सञ्जालमा पन्चलाई भेट्नुभयो । त्यसपछि आफ्नो रोग निको भएपछि उसलाई भेट्न आउने अठोट गर्नुभएको थियो ।”
“उसले मेरो दिललाई छोयो । म आफँैसँग भन्ने गर्थेँ, म निको हुनेछु र पन्चलाई भेट्न आउनेछु,” इशिजावाले भने। उनी अहिले निको भइसक्नुभएको छ र व्यावसायिक यात्रा सकेर चिडियाखाना आएका छन् । “आज म यहाँ आएको छु, म सफल भएँ। उसलाई प्रत्यक्ष भेट्न पाउँदा म धेरै खुसी छु।”
सहरकी लामो समयकी बासिन्दा येये लाइट्स कहिल्यै चिडियाखाना गएकी थिइनन् । तर पन्चको कथा सुन्नेबित्तिकै अहिले चिडिया खानाको वार्षिक आगन्तुक पास लिएक िछन् । फिलिपिन्समा रहेकी उनकी छोरीले बाँदरको बारेमा बताएपछि उनी पन्चप्रति आकर्षित भएकी थिइन् ।
“मसँग ‘पन्च कुन’ का लागि केक छ, म पन्च र उसका साथीहरूसँग उसको जन्मदिन मनाउँदै छु,” जापानी भाषामा केटाहरूका लागि मायालु सम्मानसूचक शब्द प्रयोग गर्दै लाइट्सले भने । उनले बाँदरका दुई हेरचाहकर्ताहरूलाई राम्रो हेरचाह गरेकोमा धन्यवाद पनि दिए।











प्रतिक्रिया