स्विडेनद्वारा महत्वपूर्ण धातु र दुर्लभ खनिजलाई राष्ट्रिय सुरक्षाको विषय घोषणा « Khabarhub

स्विडेनद्वारा महत्वपूर्ण धातु र दुर्लभ खनिजलाई राष्ट्रिय सुरक्षाको विषय घोषणा


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमाथिको निर्भरता घटाउने उद्देश्यले स्विडेन सरकारले अति आवश्यक धातु तथा दुर्लभ खनिज पदार्थको खानी सञ्चालनलाई राष्ट्रिय सुरक्षाको विषय घोषणा गरेको छ । हरित ऊर्जा उत्पादन, रक्षा क्षेत्र र विद्युतीय सवारीसाधनको निर्माणमा अपरिहार्य मानिने दुर्लभ खनिजको खानी तथा प्रशोधनमा चीनको हालपनि एकाधिकार रहेको छ । चीनले यस्ता पदार्थको निर्यातलाई व्यापारिक तथा कूटनीतिक विवादहरूमा एक शक्तिशाली हतियारको रूपमा प्रयोग गर्दै आएको छ ।

स्विडेनसँग पनि ठूलो परिमाणमा खनिज स्रोतहरू उपलब्ध रहेका छन् । किरुना खानी नजिकै रहेको पेर गेइजर खानी युरोपेली संघको चीनप्रतिको निर्भरता कम गर्ने प्रयास अन्तर्गतको एक प्रमुख परियोजना हो । यहाँ कुल १ अर्ब २० करोड टन खनिज स्रोत रहेको छ । यहाँ २२ लाख टन दुर्लभ खनिज अक्साइड समावेश रहेकाले यो युरोपको सामरिक हितका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

स्विडेनकी उपप्रधानमन्त्री तथा उद्यम मन्त्री एब्वा बुसले खनिज उत्खननलाई राष्ट्रिय सुरक्षाको विषय बनाउँदा योजना निर्माण र अनुमति प्रक्रिया तीव्र हुने तथा यसले लगानी आकर्षण गर्न सघाउ पुग्ने बताएकी छिन् । पत्रकार सम्मेलनमा उनले यस कदमले स्विडेन, युरोपेली संघ र नेटोको रक्षा क्षमतामा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । उनले युरोपेली उद्योगहरूको चीनप्रतिको निर्भरतालाई ‘प्रणालीगत जोखिम’ को संज्ञा दिइन् ।

नयाँ रणनीतिक योजना अन्तर्गत सरकारले खानी परियोजनाका लागि जग्गा उपलब्ध गराउन सहज बनाउने भएको छ । यद्यपि, खानी क्षेत्रको विस्तारले आफ्नो परम्परागत जीवनशैली संकटमा पर्ने भन्दै स्वदेशी सामी समुदायले यसको विरोध गर्दै आएका छन् ।

यसैबीच, सरकारले स्विडेनी खानी क्षेत्रका लागि राज्यको स्वामित्वमा लगानी कम्पनी स्थापना गर्ने सम्भावनाबारे पनि अध्ययन गरिरहेको मन्त्री बुसले जानकारी दिइयन् । हाल सरकारसँग महत्वपूर्ण रणनीतिक परियोजनाहरूलाई अगाडि बढाउन र लगानी आकर्षित गर्न ठोस औजारहरूको अभाव रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ७ : ०१ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने