आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६ अगष्ट २५ तारिख। साउन शुक्ल पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। साथीसँग भेट हुनेछ। बोल्दा सचेत नभए सम्बन्ध बिग्रिने जोखिम छ। ठूलो लगानी गर्दा आफू भन्दा परिवारका सदस्यलाई अघि सार्नु राम्रो हुनेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ।

वृष : दिन राम्रो छ। आज गरेको लगानीले फाइदा दिनेछ। विदेशमा भन्दा स्वदेशमै मन जानेछ। पारिवारिक जमघटले दिन रमाइलोसँग बित्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ आयाम थपिनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट लाभ मिल्नेछ।

मिथुन : दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। धार्मिक कार्यमा सरिक हुनाले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार र शिक्षाको क्षेत्रमा आफ्नो पक्षमा नतिजा आउने योग छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। शुभकार्यमा सरिक हुने अवसर मिल्नेछ। बन्धुसँगको सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ। आम्दानी हुनेछ । मानसम्मान प्राप्त हुनेछ । सोचेका काम बन्नाले मनमा खुसी मिल्नेछ ।

सिंह :दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। गोपनीयता कायम राख्नुपर्नेछ। हरेक काम गर्दा मिहिनेत बढी नै गर्नुपर्ने समय छ ।

कन्या : दिन राम्रो छ। आज शिक्षामा गरेको लगानीबाट नाफा हुने दिन छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। राजनीति क्षेत्रमा भने सचेत बन्नु राम्रो हुन्छ।

तुला : दिन सामान्य रहेको छ। कामको बोझले थकान महसुस हुनेछ। स्वदेशमा गरेको लगानीमा उदासिनता देखिनेछ। राजनीति र वैदेशिक लगानीमा भने फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा खटपटी आउन सक्नेछ।

वृश्चिक : दिन राम्रो छ। आज स्वास्थ्य र शिक्षामा फाइदा हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले बोल्दा ध्यान दिनुहोला। सामाजिक र राजनीतिक क्षेत्रमा भन्दा व्यवसायमा फाइदा हुने दिन छ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा लाभ मिल्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। बोल्दा ध्यान दिनुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। प्रेम सम्बन्धबाट खुशी मिल्ने योग छ।

मकर : दिन राम्रो छ। आफन्तसँग भेट हुनेछ। मिष्ठान्न भोजनको योग रहेको छ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। बोल्दा ध्यान दिनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। आज तपाईंको सञ्चित धन खर्च हुनेछ। धार्मिक र बौद्धिक क्षेत्रमा मन जानेछ। राजनीतिमा प्रवेश नै नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

मीन : दिन सामान्य छ। अनावश्यक क्षेत्रमा धन खर्च हुनेछ।  यात्राले खर्च बढ्ने छ । शिक्षामा गरेको लगानीबाट आशिंक फाइदा हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ। गोपनीयता कायम गर्नुपर्नेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ५ : ०९ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न