राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग « Khabarhub

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
   
सदस्य खम्बबहादुर खातीले बाजुरा जिल्लामा स्वास्थ्यकर्मी (चिकित्सक) पठाउन सरकारसँग माग गरे । सदस्य गीता देवकोटाले बालिका माथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिनुपर्ने बताइन् ।
 
सदस्य जगत तिमल्सिनाले २१ वटा दूतावासमा राजदूत नभएको गुनासो गरे । सदस्य धर्मेन्द्र पासवानले रौतहटको लालबकैया नदी नियन्त्रण गर्न सरकारसँग माग गरे ।  

सदस्य महन्थ ठाकुरले बालिका बलात्कारको घटनामा दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे । 

सदस्य  मीनासिंह रानाले महिला तथा बालबालिकामाथि हुने  हिंसा चुनौतीपूर्ण बन्दै गएको बताए ।
  
सदस्य रञ्जित कर्णले राजविराज भारदह सडकखण्डको अवस्था जीर्ण रहेको, राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल शय्या अभाव भएको बताए ।  
 
सदस्य रेखाकुमारी झाले जनकपुरको प्रादेशिक अस्पतालमा गर्भवती महिलाको स्वास्थ्य उपचारमा चिकित्सकले ध्यान नदिएको गुनासो गरिन् । 

सदस्य रोशनी मेचेले बलात्कारका घटना बढ्ने तर न्याय नपाउने अवस्थाले चिन्तित बनाएको जानकारी दिइन् । 

सदस्य वासुदेव घिमिरेले दाङका वसन्त कालाथोकीको शङ्खमूलको एक अस्पतालमा कुटपिटबाट अस्पतालमा निधन भएको र उक्त दुःखद खबरपछि उनकी आमाले पनि आत्महत्या गरेकाले कुटपिट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।

सदस्य सम्झना देवकोटाले नैतिक शिक्षाका अभावमा बलात्कारका घटना बढेकाले कडा सजायको माग गरिन् । 

सदस्य सोमनाथ पोर्तेलले बलात्कारपछि हत्या भएकी बालिकाको आमाबाबुलाई हामी खुसी छौँ भनी भन्न लगाउने अधिकारीको तरिकाप्रति आपत्ति जनाए ।
 

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ११ : ४० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित