इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब « Khabarhub

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्ततः आफ्नो चाहना पूरा गरेका छन् । 

तर छ महिना लामो युद्धपछि इरानलाई कमजोर बनाउने उनको रणनीतिक उद्देश्य अपेक्षित रूपमा पूरा नभएको विश्लेषण हुन थालेको छ ।

इजरायलले युद्धको सुरुमै इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्या गर्नुका साथै आणविक कार्यक्रम र सैन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ । 

तर इरानी शासन कायमै छ र युद्धपछि थप आक्रामक देखिएको छ । तेल अभिवस्थित राष्ट्रिय सुरक्षा अध्ययन संस्थानका पूर्व वरिष्ठ गुप्तचर विश्लेषक ड्यानी सिट्रिनोभिजले इजरायलले सैन्य उपलब्धि हासिल गरे पनि रणनीतिक रूपमा असफल भएको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बदलिँदो नीतिले पनि इजरायलको अवस्था जटिल बनाएको छ । फेब्रुअरीको अन्त्यमा युद्धमा इजरायलसँग उभिएका राष्ट्रपति ट्रम्पले अप्रिलमा युद्धविराम र वार्तामार्फत समाधान खोज्न जोड दिए । पछिल्लो समय उनले इरानमाथि आर्थिक दबाब बढाए पनि प्रतिबन्धमा राहत दिने सम्झौताको सम्भावना खुला राखेका छन् ।

सिट्रिनोभिजका अनुसार इजरायलसामु अब इरानसँग नयाँ आणविक सम्झौता स्वीकार गर्ने वा उसलाई थप कमजोर बनाउने प्रयास गर्दा आणविक हतियार विकासतर्फ धकेल्ने जोखिम लिने दुबिधा छ ।

नेतान्याहुले शासन परिवर्तन आफ्नो प्रत्यक्ष लक्ष्य नभएको बताए पनि युद्धको स्वरूपले इरानको सैन्य क्षमता कमजोर बनाएर आवश्यक परे पुनः आक्रमण गर्ने रणनीति देखाएको छ ।

टुरान रिसर्च सेन्टरका वरिष्ठ फेलो एलेक्स ग्रिनबर्गका अनुसार युद्धले इरानको आणविक कार्यक्रम, सैन्य जनशक्ति र अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएको छ ।

उनका अनुसार इजरायलले इरानको रणनीतिक खतरा घटाउने मुख्य सैन्य लक्ष्य हासिल गरेको हुन सक्छ । तर अमेरिका–इरानबीच इजरायलका लागि अनुकूल सम्झौता हुने सम्भावनाप्रति उनले शङ्का व्यक्त गरेका छन् ।

युद्धले इजरायलको प्रमुख सहयोगी अमेरिकासँगको सम्बन्धलाई पनि जटिल बनाएको छ । जेरुसेलमको हिब्रू विश्वविद्यालय र अगाम इन्स्टिच्युटले जुनमा गरेको सर्वेक्षणमा ९२ प्रतिशत इजरायलीले इरानले युद्धबाट बढी लाभ लिएको वा युद्ध जितेको विश्वास गरेको पाइएको थियो । अक्टोबर २७ को निर्वाचनअघि यस्तो जनमत नेतान्याहुका लागि राजनीतिक चुनौती बनेको छ ।

युद्धले इरानी जनतामा इजरायल र अमेरिकाप्रति दीर्घकालीन शत्रुता बढाउने जोखिमसमेत देखिएको छ । तेल अभिव विश्वविद्यालयकी वरिष्ठ अनुसन्धानकर्ता लियोरा हेन्डेलम्यान–बाभुरका अनुसार नागरिक हताहत र पूर्वाधारको विनाशसँग युद्ध जोडिएमा भविष्यमा इरानसँग मेलमिलाप कठिन हुन सक्छ । 

उनका अनुसार इरानी नेतृत्व परिवर्तन भए पनि युद्धले सिर्जना गरेको शत्रुता लामो समयसम्म कायम रहन सक्छ । रासस

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  १२ : ०४ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो