अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा « Khabarhub

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले कूटनीतिक पहल अघि बढाएको छ। यसैक्रममा पाकिस्तानका फिल्ड मार्सल आसिम मुनीर र गृहमन्त्री मोहसिन नक्भीले इरानको एकदिने भ्रमण पूरा गरेका छन्।

पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)का अनुसार भ्रमणको मुख्य उद्देश्य अमेरिका–इरानबीचको द्वन्द्व अन्त्य गर्न पहल गर्नु र अवरुद्ध वार्तालाई पुनः अघि बढाउन सहयोग गर्नु थियो।

भ्रमणका क्रममा तनाव थप बढ्न नदिने, होर्मुज जलडमरूमध्य पुनः खोल्ने तथा द्वन्द्वलाई यथाशीघ्र अन्त्य गर्ने विषयमा विभिन्न चरणमा छलफल भएको आईएसपीआरले जनाएको छ।

भ्रमणका क्रममा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आसिम मुनीरको उपस्थितिमा अमेरिकालाई इरानप्रतिको आफ्नो भाषा र व्यवहार परिवर्तन गर्न आग्रह गरेका थिए।

मुनीरले इरानी राष्ट्रपति पेजेस्कियानसँगै सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाई, संसद् सभामुख मोहम्मद बाघेर गालिबाफ, विदेशमन्त्री सैयद अब्बास अराघ्ची र गृहमन्त्री एस्कन्दर मोमेनीसँग भेटवार्ता गरेका थिए।

पाकिस्तानले पछिल्लो क्षेत्रीय तनाव कम गर्न मध्यस्थताको भूमिका निर्वाह गर्ने प्रयास गरिरहेको यो भ्रमणलाई महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  १ : ३५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित