रंगशाला देख्दा झस्किने धुर्मुश ! « Khabarhub

रंगशाला देख्दा झस्किने धुर्मुश !


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य कलाकार दम्पती सिताराम कट्टेल ‘धुर्मुश’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पलायन भइसक्दा पनि कलाकारितामै सक्रिय बन्ने सोचमा देखिएका छन् ।

कलाकारिताबाटै लोकप्रिय बनेका उनीहरू समाज सेवापछि पुनः आफ्नो पेसामा फर्किएका हुन् । रंगशाला बनाउने प्रोजेक्ट फ्लप भएपछि ऋणबाट जोगिन अमेरिका पलायनको बाध्यतात्मक परिस्थितिबीच उनीहरू कलाकारितामा फर्किएका हुन् ।

धुर्मुशले अमेरिकामै बनाएको सिरियल ‘म त मर्छु कि क्या हो’को टिजर सार्वजनिक भएको छ । टिजरमा धुर्मुशले रंगशालालाई नै जोक बनाएका छन् ।

टिजरमा एक युवकले धुर्मुशलाई अमेरिकाकै रंगशाला देखाउँछन् । अनि उनी झस्किँदै जवाफमा भन्छन्, ‘मलाई सबै कुरा देखाऊ कि, यो रंगशाला चाहिँ नदेखाऊ । साला मात्रै ठीक रहेछ, शालाको अघि रङ्ग थपिएपछि जिन्दगी नै बेरङ्ग हुँदो रहेछ ।’

रंगशालाकै कारण धुर्मुश छोरीको उपचारको बाहानामा अमेरिका पलायन हुनुपर्‍यो । उनी यसलाई दुखको विषय मान्दै आएका छन् । रंगशालाकै ऋणले आफू डिप्रेसनको शिकार भएकोसम्म उनको दाबी छ ।

यो कठिन अवस्थामा ल्याएको सिरियलको प्रोमोमै उनले देश छोड्न बाध्य बनाउने रंगशालाको विषय समावेश गरेका छन् । उनले समस्यालाई पर्दामा हाँसोको विषय बनाउने निर्णय लिएका छन् ।

यो सिरियलको नाम ‘मेरी बास्सै’मा धुर्मुशको चर्चित थेगोबाट राखिएको हो । यसको लेखक र निर्देशक धुर्मुश र सुन्तली दुवै हुन् ।

सानो टिममा धुर्मुशले यो सिरियल बनाउन लागेको बुझिएको छ । किनकि यसको मेकअपको जिम्मेवारी सुन्तली आफैँले लिएकी छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  १ : ४४ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित