बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड « Khabarhub

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुधार गर्ने उपायबारे छलफल गरेका छन्।

दुईदिने चीन भ्रमणमा रहेका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मंगलबार चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेका हुन्। 

भारत–चीन सीमा प्रश्नसम्बन्धी विशेष प्रतिनिधिको २५औँ चरणको वार्ताअघि भएको भेटमा सीमा क्षेत्रमा शान्ति र स्थिरता सुदृढ गर्ने तथा आर्थिक, राजनीतिक र बहुपक्षीय क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको चीनस्थित भारतीय दूतावासले जनाएको छ।  

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुवै पक्षले पछिल्लो घटनाक्रमको समीक्षा गर्दै द्विपक्षीय सम्बन्धलाई क्रमशः सामान्य बनाउने दिशामा प्रगति भइरहेको बताएका छन्। उनले स्थिर, पूर्वानुमानयोग्य र रचनात्मक सम्बन्धले दुई देशबीच विश्वास तथा समझदारी बढाउन सहयोग गर्ने बताए।

यसै क्रममा डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भारत–चीन सीमा प्रश्नसम्बन्धी विशेष प्रतिनिधिको २५औँ चरणको वार्ता हुँदैछ। गत जुनमा नयाँदिल्लीमा आयोजित ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकका क्रममा पनि डोभाल र वाङबीच भेटवार्ता भएको थियो।

भारत–चीन सम्बन्ध सुधारका प्रयासबीच गत वर्ष तियानजिनमा आयोजित एससीओ शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको थियो। सो अवसरमा दुवै नेताले भारत र चीन विकासका साझेदार रहेको तथा मतभेदलाई विवादमा परिणत हुन दिन नहुनेमा जोड दिएका थिए।

सीमा विवादका कारण लामो समयदेखि तनावपूर्ण रहँदै आएको भारत–चीन सम्बन्धलाई उच्चस्तरीय संवाद र कूटनीतिक पहलमार्फत क्रमशः सामान्य बनाउने प्रयास जारी रहेको छ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  २ : २७ बजे

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव

वीरगञ्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगञ्ज- सरकारले गठन गरेको चिनी मिल अध्ययन कार्यदलले वीरगञ्जस्थित चिनी मिलको

टोटनहमले म्यानचेस्टर सिटीबाट ७५ मिलियन पाउन्डमा साभिन्हो भित्र्यायो

म्यानचेस्टर- टोटनहमले ब्राजिलियन विङ्गर साभिन्होलाई म्यानचेस्टर सिटीबाट प्रारम्भिक ७५ मिलियन

दक्षिण सुडानमा दुई शान्तिरक्षकको हत्या

एजेन्सी– दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको गस्तीमाथि

नाडा अटो शोमा थरिथरिका दुईपाङ्ग्रे, थरिथरिका हेल्मेट (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ मा