वीरगञ्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु « Khabarhub

वीरगञ्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- सरकारले गठन गरेको चिनी मिल अध्ययन कार्यदलले वीरगञ्जस्थित चिनी मिलको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले पिपरास्थित चिनी मिल परिसरमा पुगेर कारखानाको वर्तमान अवस्थाबारे अध्ययन गरेको हो।

कार्यदलका संयोजक यादवका अनुसार स्थलगत अध्ययनका क्रममा कारखाना भवनलगायत भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको अवस्था र तिनको पुनःउपयोगको सम्भावनाबारे जानकारी लिइएको छ।

सरकारले यही भदौ १ गते चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य हुन्।

कार्यदलले १५ दिनभित्र चिनी मिलको वर्तमान अवस्था अध्ययन गरी पुनःसञ्चालनको सम्भाव्यता, आवश्यक कार्ययोजना र सरकारलाई दिनुपर्ने सुझावसहितको प्रतिवेदन तयार गर्नेछ।

चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययनका लागि स्थलगत अनुगमनलाई प्रारम्भिक चरणका रूपमा लिइएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ४ : ०० बजे

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता

दुई अर्ब ३१ करोड राजस्व संकलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिरहरु)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो