चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिरहरु) « Khabarhub

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिरहरु)


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका दिन चाँगुनारायणको कलश हनुमानढोका ल्याइएको छ ।

चाँगुनारायणबाट सुरु भएको कलश यात्रा मूलपानी, बौद्ध, चावहिल, नक्साल, कमलादी र रानीपोखरी हुँदै हनुमानढोका दरबारसम्म पुगेको हो । यात्रामा चाँगुनारायण, लक्ष्मी र सरस्वतीका कलश ल्याउने परम्परा छ ।

चाँगुनारायणको कलश चाँगुनारायण मन्दिरका मूल पुजारी राजोपाध्याय ब्राह्मणले तथा लक्ष्मी र सरस्वतीका कलश भडेलले बोकेर ल्याउने परम्परा रहेको छ ।

हनुमानढोका पुगेपछि कलशलाई तलेजुका राजोपाध्याय पुजारीले विधिपूर्वक पूजा गरी ‘लसकुस’ अर्थात् सांस्कृतिक परम्पराअनुसार स्वागत गरेका थिए । सो अवसरमा कुमारी माजुको समेत उपस्थिति रहेको थियो ।

हनुमानढोकाभित्र निर्धारित विधिअनुसार पूजा सम्पन्न गरेपछि कलशलाई राष्ट्रप्रमुखसमक्ष लैजाने र राष्ट्रप्रमुखले दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

कलश यात्रा सुरु गर्नुअघि चाँगुनारायण मन्दिरमा विशेष पूजा गरी कर्कलोको भोग चढाउने प्रचलन छ। किम्वदन्तीअनुसार लिच्छवी राजा पुष्पदेवको पालामा अनिकाल र महामारीका कारण देशमा संकट उत्पन्न भएपछि राजालाई सपनामा चाँगुनारायणको पूजा गरी कर्कलोको भोग चढाउन आदेश प्राप्त भएको थियो । 

त्यसपछि कर्कलोको भोग चढाउने र चाँगुनारायणको कलश यात्रा गर्ने परम्परा सुरु भएको मानिन्छ ।

चाँगुनारायणको कलश यात्रा वर्षमा दुईपटक हुने गर्दछ। जनैपूर्णिमाअघि साउन शुक्ल द्वादशीका दिन र पौष पूर्णिमाका दिन चाँगुनारायणको कलश हनुमानढोका ल्याउने परम्परा रहेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ६ : ०६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित