बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ « Khabarhub

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहप्रति कटाक्ष गर्दै जनताले उनलाई देशको ‘चाबी’ दिए पनि ड्राइभर भने ‘एम्बुलेन्सको’ परेको टिप्पणी गरेका छन्।

इलामको बिब्ल्याटेमा आयोजित श्रम संस्कृति पार्टीको ‘जनहातेमालो’ कार्यक्रममा मंगलबार बोल्दै किरातीले आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनमा भने आफ्नो पार्टीले ‘गाडीको चाबी’ लिनुपर्ने बताए।

उनले भने, ‘जनताले बालेनलाई देशको चाबी दिए, तर ड्राइभर त एम्बुलेन्सको परेछ। ट्राफिक लाइट पनि नहेर्ने, अर्काको लेन पनि मिच्ने, हर्नसमेत नदेख्ने, जसलाई पायो त्यसलाई किच्याउने, जहाँ पायो त्यहीँ छिर्ने र जतापायो त्यतै पार्किङ गर्ने भइरहेको छ।’

यद्यपि, बालेन सार्वभौम अधिकार सम्पन्न नागरिकले अमूल्य मत दिएर चुनेको जनप्रतिनिधि भएकाले उनको कार्यकाललाई केही समय कुर्नुपर्ने किरातीको भनाइ थियो।

‘तर सार्वभौम अधिकार सम्पन्न नागरिकले आफ्नो अमूल्य मतद्वारा चुनेको ड्राइभर हो। समय कुर्नैपर्छ,’ उनले भने, ‘तर आउने प्रदेश र स्थानीय निर्वाचनमा चाहिँ श्रम संस्कृति पार्टीले गाडीको चाबी लिनुपर्छ।’

निर्वाचनमा सफलता हासिल गर्न जनताको तहसम्म पुगेर सहकार्य गर्नुपर्नेमा उनले जोड दिए। सरकार जनताको शासक नभई सेवक हो भन्ने कुरा व्यवहारबाटै प्रमाणित गर्नुपर्ने उनको भनाइ छ।

‘जनताको जरासम्म जाऔँ। जनतासँग हातेमालो गरेर बलियो पूर्वाधार बनाऔँ। सरकार जनताको शासक होइन, सेवक हो भन्ने कुरालाई हाम्रो व्यवहारबाट प्रमाणित गरौँ,’ किरातीले भने, ‘नेपालमा नेपाली पाराले सरकारमार्फत जनता र देशको सेवा गर्नेछौँ भन्ने कुरा बुझाऔँ।’

कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका दर्जनौँ नेता तथा कार्यकर्तालाई किरातीले स्वागत गरेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ५ : ४२ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय