सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल « Khabarhub

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी बलका कार्यालय प्रमुख तथा सीमा क्षेत्रमा खटिएका अधिकारीहरूसँग सोमबार धनगढीमा भएको छलफलमा महानिरीक्षक पौडेलले नेपाल सरकारको नीति तथा निर्देशनअनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।

उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै सीमा अपराध, अवैध चोरी–पैठारी तथा निकासी नियन्त्रणमा सशस्त्र प्रहरीले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । नागरिकबाट सशस्त्र प्रहरीप्रति गुनासो नआउने गरी इमानदारी, सक्रियता र व्यावसायिकताका साथ काम गर्न उनले आग्रह गरे ।

महानिरीक्षक पौडेलले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । नेपाल सरकारको भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अक्षरशः पालना गर्नुपर्ने उनले बताए ।

पछिल्लो समय युवा वर्ग लागूऔषधको कुलतमा फस्दै गएको उल्लेख गर्दै पौडेलले लागूऔषधको ओसारपसार नियन्त्रणमा सशक्त रूपमा परिचालन हुन सुरक्षा अधिकारीलाई निर्देशन दिए । लागूऔषधको कारोबारले समाजमा अन्य किसिमका अपराधसमेत बढाउन सक्ने भएकाले नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

सशस्त्र प्रहरी सीमा सुरक्षाको अग्रपङ्क्तिमा खटिएको उल्लेख गर्दै पौडेलले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन क्रमशः सीमालाई डिजिटल प्रणालीमा लैजाने तयारी भइरहेको जानकारी दिए ।

ड्युटीमा खटिँदा नीति, नियम, कानुन तथा आचारसंहिता पालना गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले नियम उल्लङ्घन गर्ने कर्मचारीमाथि कडा कारबाही गरिने बताए ।

त्यस्तै, मौसमी विपद्बाट हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि आम नागरिकसँग २४सै घण्टा समन्वय र सम्पर्कमा रहन उनले निर्देशन दिए। विपद्को अवस्थामा आवश्यक सामग्रीसहित तत्काल परिचालन हुनुपर्नेमा उनले जोड दिए ।

महानिरीक्षक पौडेलले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग जिल्लाको वर्तमान सुरक्षा अवस्था र सुरक्षा व्यवस्थापनका विषयमा समेत छलफल गरे ।

यसअघि उनले कैलालीस्थित गौरीफन्टा नाकाको निरीक्षण गरी सीमा क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका थिए । निरीक्षणका क्रममा पौडेलले सीमासम्बन्धी समस्या, अपराध नियन्त्रण तथा नागरिकको सुरक्षाका विषयमा सशस्त्र प्रहरी गम्भीर रहेको बताए ।

सोमबार उनले सुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल वैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया तथा कैलालीका विभिन्न सीमावर्ती क्षेत्र, सीमा सुरक्षा गुल्म र नाकाको अनुगमन तथा निरीक्षण गरेका थिए ।

सीमानाकामा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गरी सीमा सुरक्षाको अवस्थाबारे जानकारी लिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ८ : ४५ बजे

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र