राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’ « Khabarhub

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै गएको भोटेकोशी बाढी नेपालका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि चेतावनीको सन्देश भएको बताएका छन्।

न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा आयोजित महासभामा बोल्दै उनले प्रश्न गरे, “भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो?”

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अभिव्यक्तिलाई उद्धृत गर्दै प्रधानमन्त्री शाहले वैज्ञानिक जगतले लामो समयदेखि यस्ता जलवायु संकटबारे चेतावनी दिँदै आएको स्मरण गराए।

भर्खरै गएको विनाशकारी बाढीका कारण नेपालले ठूलो जनधनको क्षति बेहोर्नु परेको बताउँदै उनले यो संकट नेपालका कारण नभई विश्वव्यापी जलवायु परिवर्तनका कारण सिर्जना भएको स्पष्ट पारे।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालले यो मुद्दामा कुनै पनि देशलाई दोष नलगाउने र यसलाई भूराजनीतिक विषय बनाउन नचाहेको धारणा राखे।

बरु हिमाल र पर्यावरण संरक्षणका लागि सम्पूर्ण विश्व समुदायलाई एकसाथ आउन र सहकार्य गर्न उनले आह्वान गरे। साथै, विपद्पछिको चुनौतीपूर्ण परिस्थितिबाट पार पाउन नेपाललाई आवश्यक सहयोग गर्न पनि उनले अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरे।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ६ : १७ बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन