राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ? « Khabarhub

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्।

न्यूयोर्कमा आयोजित महासभालाई सम्बोधन गर्दै उनले ‘हिमालयन सुनामी’ का रूपमा आएको भोटेकोसी–त्रिशूली विपद् कुनै स्थानीय त्रासदी मात्र नभएर सम्पूर्ण मानवताका लागि चेतावनी भएको स्पष्ट पारेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपाल विकास, शान्ति र युवा राष्ट्रका आशाबारे कुरा गर्न चाहन्थ्यो तर केही साताअघिको विपद्ले देशलाई मृत्यु र विनाशबारे बोल्न बाध्य बनाएको बताए। केही मिनेटमै पुल, सडक, विद्यालय र हजारौँको जीविकोपार्जन बगाएको दृश्यले विश्वलाई झस्काउनुपर्ने उनले बताएका छन्।

करिब तीन वर्षअघि राष्ट्रसंघका महासचिवले सगरमाथाको छायाबाट जलवायु संकटबारे दिएको पुकार विश्वभरका वैज्ञानिक र नेपालले सुने पनि अन्तर्राष्ट्रिय राजनीतिक नेतृत्वले त्यसलाई गति र स्तर अनुसार ठोस कार्यमा रूपान्तरण गर्न नसकेको भन्दै शाहले असन्तुष्टि जनाए।

जलवायु परिवर्तनले पग्लिँदो पर्माफ्रस्ट, कमजोर हिमनदी र चट्टान पहिरोको जोखिम बढाएर हिमालयको पारिस्थितिक प्रणालीलाई नै अस्थिर बनाएकाले यसलाई नेपालको मात्र नभई विश्वकै साझा चुनौतीका रूपमा लिन उनले आह्वान गरे।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ६ : ३० बजे

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र